भुवन भुसाल, गुल्मी । आर्थिक वर्ष २०८१/०८२ का लागी गएराती देखि स्थानिय तहका खाता एक हप्ताका लागी बन्द भएका छन । यो संगै चालु आर्थिक वर्षको आर्थिक कारोबार सकिएको छ । आर्थिक कारोबारको अन्तिम भएसंगै गुल्मीका बिभिन्न स्थानिय तहले आफ्नो आर्थिक प्रगति बिवरण सार्वजनिक गरेका छन् । हाल सम्म सार्वजनिक भएका बित्तिय प्रगतीमा गुल्मी जिल्लामा छत्रकोट गाउँपालिका पुँजिगत तर्फ अग्रस्थानमा देखिएको छ ।
गुल्मीका दुई नगरपालिका र १० गाउँपालिका मध्य पुँजिगत तर्फ सबैभन्दा धेरै आर्थिक प्रगती छत्रकोट गाउँपालिकाले हासिल गरेको छ । छत्रकोटले चालुतर्फ ८८.७८ र पुँजिगत तर्फ ९५.११ प्रतिशत गरि ९०.९८ प्रतिशत बित्तिय प्रगती हासिल गरेको लेखा अधिकृत संतोष जिसीले बताउनुभयो ।
यता रुरुक्षेत्र गाउँपालिकाले चालुतर्फ ८८.८८ र पुँजिगत तर्फ ९४.९५ गरि ९१.०२ प्रतिशत बित्तिय प्रगती हासिल गरेको लेखा अधिकृत हेम बहादुर कार्किले जानकारी दिनुभयो । गुल्मीदरबार गाउँपालिकाले पुँजिगत तर्फ ८४.८४ प्रतिशत र चालुतर्फ ८७.९६ प्रतिशत गरी कुल ८६.२६ प्रतिशत बित्तिय प्रगती गर्न सकेको प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले बताउनुभयो ।
कालिगण्डकी गाउँपालिकामा अन्तरसरकारी बाहेक चालुतर्फ ८१.६५ प्रतिशत र पुँजिगत ७०.५८ प्रतिशत गरी कुल ७८.२९ बित्तिय प्रगती हासिल गरेको लेखा अधिकृत हेमन्त पौडेलले जानकारी दिनुभयो ।
यता सत्यवति गाउँपालिकामा पुँजिगत तर्फ ७०.१४ प्रतिशत र चालुतर्फ ८८.१२ गरी ८३.०८ प्रतिशत बित्तिय प्रगती हासिल भएको छ । प्रशासकीय भवन निर्माणका लागी जग्गा प्राप्ती हुन नसकेको, बिद्युतको काम समयमा सम्पन्न हुन नसकेको लगायतका कारण पुजिगत तर्फ उल्लेख्य खर्च हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत कमल प्रसाद भुसालले बताउनुभयो ।
यता रेसुंगा नगरपालिका गुल्मीमा पुँजिगत ८७.४३ चालुतर्फ ९१.४२ गरी कुल ९०.३४ प्रतिशत बित्तिय प्रगती हासिल गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले बताउनुभयो ।
ईस्मा गाउँपालिका गुल्मीमा पुँजिगत तर्फ ९१.५६ र चालुतर्फ ८९.२० गरी कुल ९०.३८ प्रतिशत बित्तिय प्रगती हासिल भएको प्रमुख प्रशासकीय अधिकृत विवेक रणपाल परियारले बताउनुभयो । यता धुर्कोट गाउँपालिकामा पुँजिगत तर्फ ९१.९६ र चालुतर्फ ९० प्रतिशत बित्तिय प्रगती हासिल भएको छ ।
मालिका गाउँपालिकामा पुँजिगत तर्फ ८३.९१ र चालुतर्फ ८९.१९ गरी कुल ८७.४५ प्रतिशत बित्तिय प्रगती हासिल भएको छ । गुल्मीका मुसिकोट नगरपालिका चन्द्रकोट र मदाने गाउँपालिकाको प्रगती बिवरण प्राप्त हुन सकेको छैन् ।











