“कांग्रेसले आजको युवाको माग संबोधन गरोस” : सांसद खड्का

भुव्क्न भुसाल, काठमाडौ । नेपाली कांग्रेसकि केन्द्रिय सदस्य चम्पादेबी खड्काले नेपाली कांग्रेस आजको युवाको माग संबोधनमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ । केन्द्रिय कार्यालय सानेपमा जारी बैठकमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो । गण्डकी प्रदेशसभा सदस्य समेत रहनुभएकी खड्काले शुक्रबार पार्टीको केन्द्रिय समितिमा आफ्नो धारणा राख्दै पार्टि गुट उपगुटको बिषयबाट माथी उठेर एकठिक्का भएर अगाडी बढ्नुपर्ने बताउनुभयो ।

प्रदेश सभा सदस्य खड्काले भातृ संघ संस्थाहरुको अधिवेशन गर्नका लागि विशेष समिति गठन संगै, समय सापेक्ष विधान निर्माण,सम्सोधन र तोकिएको समयमा नै सम्पन्न गर्नका लागि नियमन र जबाफदेहिता गर्न पार्टिका केन्द्रिय पदाधिकारीको संयोजकत्वमा समिति निर्माण गर्नुपर्ने समेत बताउनुभयो । उहाँले गण्डकी प्रदेश सरकारले ल्याएको राइड स्यरीङको विषयलाई केन्द्रिय सरकारको तर्फ देखी सर्मथन गर्नु पर्ने भन्दै पार्टिको ध्यानाकर्षण गराउनुभएको छ । केन्द्रिय समिती बैठकमा बोल्दै उहाँले पार्टिको सदस्यता व्यवस्थापन, प्रशिक्षण र सम्पर्क प्रणालीलाई पूर्णरूपमा डिजिटल प्रणालीमा लैजाने नीति बनाउने समेत नेतृत्वको ध्यानाकर्षण गराउनुभयो ।गुट–उपगुट भन्दा माथि उठेर कार्यकर्ताको हैसियत र योगदानको आधारमा जिम्मेवारी वितरण गर्ने गरी लाग्न उहाँको सुझाव छ ।

नेतृ खड्काले पार्टीको विचार, मूल्य र एजेन्डा युवा पुस्तामा प्रसार गर्न नयाँ अभियान चलाउनु पर्ने, पार्टीका जनप्रतिनिधिहरूको कामको मूल्याङ्कन गर्ने संयन्त्र विकास गर्नेगरी जिम्मेवारी बाँडफाँड गर्नुपर्ने समेत सुझाव दिनुभएको छ । शिक्षा, स्वास्थ्य, र सामाजिक सुरक्षा नीति प्रभावकारी कार्यान्वयन गर्न दबाबमूलक भूमिका खेल्नु पर्ने भन्दै उहाँले कांग्रेसको संगठन केवल राजनीतिक नभई सामाजिक–आर्थिक सशक्तिकरणको माध्यम बन्नु पर्दछ भन्ने सन्देश दिनेखालको बैठक बनोस भन्ने शुभकामना समेत बैठकमा व्यक्त गर्नुभयो ।

केन्द्रिय सदस्य खड्कालेप्रवासी नेपालीको पूँजी तथा अनुभवलाई नेपालको स्थानीय अर्थतन्त्रमा रूपान्तरण गर्ने प्रयास गर्ने कुरा पार्टिले बिर्सन नहुने भन्दै देशभित्रै रोजगारी सिर्जना, आत्मनिर्भर अर्थतन्त्र निर्माण र सामाजिक न्यायमा आधारित समृद्धि अभियानको पनि नेपाली कांग्रेस अग्रदूत बन्नुपर्छ भन्ने सुझाव व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?