भुवन भुसाल, गुल्मी । गुल्मीमा धनधान्याचल एवम् श्रीमदभागवत बिराट ज्ञान महायज्ञ हुने भएको छ । सत्यवती गाउँपालिका वडा नं ६ परमानन्दनगरमा आयोजना हुने उक्त महायज्ञको उद्घाटन गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई निमन्त्रणा गरिएको पुर्व वाणिज्य राज्यमन्त्री एवम् परमानन्द स्मृति प्रतिष्ठानकी अध्यक्ष शुवर्ण ज्वारचनले बताउनुभयो । “सित्तल निवासमा पुगेर निमन्त्रणा गरिएको हो राष्ट्रपति ज्युले आउँछु भन्नुभएको छ, कार्यालयले आधिकारिक जानकारी पठाएको छैन्, छिट्टै जानकारी आउँछ” ज्वारचनले भन्नुभयो ।
जेठ ३ गते देखि १० गते सम्म संचालन हुने उक्त यज्ञको परमानन्द स्मृति प्रतिष्ठान शान्ती आश्रमले आयोजना गरेको हो । महायज्ञमा १००८ स्वामी ज्ञानानन्द सरस्वती जि महाराज र १००८ स्वामी विबेकानन्द सरस्वती जि महाराजको सत्संग रहने छ भने उपप्राध्यापक मनोज भण्डारीले संगितमय कथा वाचन गर्नुहुने यज्ञ संचालन समितीका महासचिव एवं चन्द्रकोट गाउँपालिका उपाध्यक्ष बिष्णु प्रसाद भण्डारीले जानकारी दिनुभयो ।
महायज्ञ संचालन गरि त्यहाँ रहेको मुक्तेश्वर महादेव मन्दिरमा नित्य पुजाका लागी अक्षयकोष स्थापना, गौ आश्रम निर्माण, आर्युवेद औषधालय स्थापना, बालसस्कार केन्द्रको निर्माण, मन्दिरलाई ध्यान र ज्ञान केन्द्रको रुपमा संचालन गर्ने उद्धेस्य राखिएको छ ।
शनिवार यज्ञस्थलमा आयोजना गरिएको एक अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिष्ठानकी अध्यक्ष ज्वारचनले यज्ञ सफल बनाउन सबै क्षेत्रको साथ आवस्यक पर्ने भएकाले सबैले सफलता पुर्वक सम्पन्न गर्नका लागी मेहनत गर्न आग्रह गर्नुभयो । सत्यवती गाउँपालिका अध्यक्ष टिकाराम पाण्डेले सनातन धर्ममाथी सबै तिरबाट प्रहार भईरहेको यस समयमा यज्ञ संचालन हुँदा धर्मको रक्षा र सस्कारको बिकासमा उल्लेख्य भुमिका खेल्ने बताउनुभयो । उहाँले कार्यपालिकामा छलफल गरेर गाउँपालिकाको तर्फबाट समेत केहि सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
गाउँपालिका उपाध्यक्ष निरमायाँ तरामुले धर्म, सस्कार, सस्कृति र अनुशासनको खडेरी परेको यो समयमा आयोजना गरिएको सत्संग सहितको महायज्ञले समाजलाई सहि दिशातर्फ अगाडी बढाउन भुमिका खेल्ने दावी गर्नुभयो । सत्यवती गाउँपालिकाका सस्थापक अध्यक्ष पारिस्वर ढकालले धर्मको रक्षा गरे धर्मले हाम्रो रक्षा गर्ने शास्त्रमै उल्लेख भएकाले शान्तीको स्थायित्व, सकारात्मक सोंचको बिकासका लागी यो यज्ञ कोशेढुंगा सावित हुने उल्लेख गर्नुभयो । ढकालले यस्तो पवित्र उद्धेस्य राखेर गर्न लागिएको यज्ञ सफल बनाउनु हामी सबैको साझा दायित्व हुने समेत बताउनुभयो ।
कार्यक्रममा छत्रकोट गाउँपालिका वडा नं १ का वडा अध्यक्ष घनस्याम न्यौपाने, चन्द्रकोट गाउँपालिका वडा नं ७ का वडा अध्यक्ष अनन्तराम भण्डारी, सत्यवती गाउँपालिका वडा नं ६ का वडा अध्यक्ष बिष्णु प्रसाद भण्डारीले यो ३ पालिकाको संगममा आयोजना हुने महायज्ञ भएकाले ३ वटै स्थानिय सरकारको साझा साथले मात्र यज्ञ सफल हुने भएकाले आफुहरु त्यसमा कृयाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्थानिय समाजसेवीहरु युवराज न्यौपाने, छविलाल भट्टराई, परशुराम भण्डारी, बिभिन्न बिध्यालयका शिक्षक, आमासमुह, स्थानिय क्लब, संघसस्थाका प्रतिनिधीहरुको समेत सहभागीता रहेको थियो ।