कलाकार कृष्ण कंडेल छत्रकोट जिपलाईनमा, भन्छन् “नचडे पछुतो”

नेपाली संगित क्षेत्रका चर्चित कलाकार कृष्ण कंडेल छत्रकोटको जिपलाईनमा रमाउनुभएको छ । आईतबार छत्रकोट आएका ईन्देणी परिवारका कलाकारहरुलाई गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय, उपाध्यक्ष सावित्रा ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत रुद्रहरी पुरी लगायतले स्वागत गर्नुभएको थियो ।

स्वागत पछि छत्रकोट देवालय दर्शन संगै छत्रकोट गाउँपालिकाले निर्माण गरेको छत्रकोट जिपलाईको मज्जा लिंदै कंडेलले यात्रा रोमान्चक भएको प्रतिकृया दिनुभयो । “यस्तो अलौकिक आनन्द आउँदो रहेछ, यो जिपलाईन नचडेको भए पछुतो हुने रहेछ” कंडेलले भन्नुभयो ।

कलाकार कंडेल संगै ईन्दे्रणी परिवारका सदस्य एवं कलाकारहरु छत्र शाही, मनमायाँ वाईवा, भुमिका बयक, युवराज चौलागाई, दिपक घिमिरे समेतले जिपलाईको यात्रा गर्दै असाध्यै रमाईलो भएको प्रतिकृया दिनुभयो ।

जिपलाईन निर्माण भएसंगै छत्रकोट आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनेको छ । छत्रकोट देवालय र देवी भगवती मन्दिर जोडने यो जिपलाईन १ हजार ८० मिटर लम्बाईको रहेको छ ।

छत्रकोट देवालयमा मन्दिर व्यवस्थापन समिती अध्यक्ष बिक्रम कार्की संगै त्यहाँका स्थानियले कलाकारहरुको समुहलाई भव्य स्वागत गर्नुभएको थियो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?