
भुवन भुसाल । गुल्मीको छत्रकोट गाउँपालिकाले करिब ४ सय कुकुरमा रेबिज बिरुद्धको खोप लगाएको छ । गाउँपालिकाको बार्षिक स्वीकृत कार्यक्रम अनुरुप ६ वटै वडाका घरपालुवा एवं सामुदायिक कुकुरहरुमा खोप लगाईएको पशु बिकास शाखा प्रमुख टेक बहादुर खनालले जानकारी दिनुभयो । ६ दिन सम्म संचालित सिविरमा प्रत्येक दिन एकएक वडामा पुगि रेविज बिरुद्धको खोप लगाईएको छ ।
रविज नियन्त्रण कार्यक्रम अन्तर्गत गाउँपालिका भित्रका ३०७ कुकुर र ३७ बिरालो हरुमा रविज बिरुद्धको खोप लगाईएको प्राविधिक सामना आचार्यले जानकारी दिनुभयो । कार्यक्रम फागुन ४ गतेदेखी ११ गते सम्म संचालन गरिएको थियो ।