छत्रकोटका नागरिकले बुटवल संगै अब काठमाण्डौमा पनी निशुल्क रगत पाउने

 

भुवन भुसाल, काठमाण्डौ । गुल्मीको छत्रकोट गाउँपालिकाका नागरिकले अब काठमाण्डौमा पनी निशुल्क रगत पाउने भएका छन् । यस अगाडि रुपन्देहिमा गरिएको व्यवस्था अब काठमाण्डौमा पनी गरिएको गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले जानकारी दिनुभयो । आज काठमाण्डौको त्रि.बि लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्र कृतिपुर संग निशुल्क रगत पाउने गरि सम्झौता गरिएको छ ।

आज गरिएको सम्झौता बमोजिम छत्रकोट गाउँपालिकाका नागरिकलाई काठमाण्डौका अस्पतालमा रगत आवस्यक परेमा त्रि.बि लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्र कृतिपुर पुगेर निशुल्क रगत लिन पाउनेछन । त्यसका लागी आफु छत्रकोटको स्थायी बासिन्दा भएको प्रमाण भने पेस गर्नुपर्नेछ । उक्त सम्झौता पत्रमा आज त्रि.बि लायन्स रक्तसंचार तथा अनुसन्धान केन्द्र कृतिपुरको तर्फबाट उपाध्यक्ष मन बहादुर रोका र गाउँपालिकाको तर्फबाट अध्यक्ष पाण्डेयले हस्ताक्षर गर्नुभएको छ । सम्झौता पत्र आदानप्रदान कार्यक्रममा सस्थाका सस्थापक सदस्य समेत रहनुभएका छत्रकोट ४ का स्थायी बासिन्दा फर्सुराम पाण्डेको समेत उपस्थिती रहेको थियो ।

छत्रकोट गाउँपालिकाले भौतिक बिकास संगै मानबिय सेवालाई पनी बिकासको रुपमा अगाडि बढाएको अध्यक्ष पाण्डेयले बताउनुभयो । यस अघि मोतियाबिन्दु भएका बिरामीको निशुल्क सल्यक्रिया गर्न आँखा उपचार केन्द्र संग सम्झौता गरेको छ भने भएकाले दिने, नभएकाले लिने गरि गाउँपालिकाको भेडुवामा कपडा बैंक स्थापना गरेर सेवा प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?