पुर्वाञ्चल क्यान्सर अस्पतालमा सार्क राष्ट्रका क्यान्सर बिशेषज्ञ डाक्टरहरु एकै साथ आउने

भुवन भुसाल फागुन २ । झापाको बिर्तामोडमा अवस्थित पुर्वाञ्चल क्यान्सर अस्पतालमा सार्क राष्ट्रका क्यान्सर बिशेषज्ञ डाक्टरहरु एकै साथ आउने भएका छन् । चर्चित मेडिकल व्यवसायी दुर्गा प्रसाईले निर्माण गरेको उक्त अस्पतालमा हुने डाक्टरहरुको सम्मेलनले क्यान्सर रोग निवारणमा आफ्ना देशमा प्रयोग गरिएका सिप, दक्षता, तरिका र प्रविधीको आदानप्रदान गर्ने पुर्वाञ्चलका मेडिकल डाईरेक्टर बिरेन्द्र कुमार यादवले जानकारी दिनुभयो ।

पिसीकन २०२५ नाम दिईएको उक्त कार्यक्रम फागुन २ गते शनिवार देखी ४ गते आईतवार सम्म चल्नेछ । कार्यक्रमकोे पुर्वसन्ध्यामा एक पत्रकार सम्मेलनको आयोजना गरि कार्यक्रमका बिषयमा जानकारी गराईएको छ । उक्त सम्मेलनमा सार्क राष्ट्रका सबै देशबाट बिशेषज्ञ डाक्टरहरुका साथै क्यान्सर जितेका अनुभवीहरु समेत सहभागी हुने डा. यादवले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?