नेपाल भित्र नेपाल मेटिदै गयो : डा चन्द्र भण्डारी

 

भुवन भुसाल, गुल्मी । प्रतिनिधी सभा सदस्य डा चन्द्र भण्डारीले देश भित्र देश हराएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । हाम्रो युवा हराएको, मौलिकता मासिएको भन्दै उहाँले यहाँको भाषा संस्कृती, सस्कार, नैतिकता, मौलिकता हराएको भन्दै उहाँले देशलाई देश जस्तै बनाउन आफुले आवाज उठाईरहेको बताउनुभयो ।

फरक प्रसंगमा डा भण्डारीले सरकार समय अनुसार चल्न नसकेको आरोप लगाउनु भएको छ । गुल्मीको सत्यवती माध्यमिक बिध्यालय हँसराको वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो ।

आजको समय ए आई युक्त नयाँ प्रविधीको भएको तर हाम्रो शैक्षिक कृयाकलाप त्यस अनुसार बढाउन सरकारले कृयाशिलता नदेखाएको बताउनुभयो । शिक्षा र स्वास्थ्यलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उहाँले सुझाव समेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?