
नेपाली कांग्रेस छत्रकोटको दोश्रो गाउँ सम्मेलन शुक्रबार हुने भएको छ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं प्रतिनिधी सभा सदस्य डा चन्द्र भण्डारीले सम्मेलनलाई सम्बोधन गर्ने बताईएको छ । कार्यक्रम गाउँपालिकाको वडा नं ३ चोयगामा हुने कांग्रेस छत्रकोटका सभापती धातानन्द भुसालले बताउनुभयो ।
बिहान ११ बजेदेखी सुरुहुने कार्यक्रममा पार्टिका प्रदेश र जिल्ला स्तरिय नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम छ ।