
भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाका एसइई दिने बिध्यार्थी अर्को स्थानिय तहका परिक्षा केन्द्र जानुपर्ने बाध्यता हटेको छ । शिक्षा समितीको बैठकले परिक्षा केन्द्र समायोजन गरे संगै पालिकाका सबै बिध्यालयका बिध्यार्थीले आफ्नै गाउँपालिकाको परिक्षा केन्द्रमा परिक्षा दिन पाउने भएका हुन ।
पहिले रुरुक्षेत्र गाउँपालिकाको रानिबास जानुपर्ने शृङ्गा जनता माध्यमिक बिध्यालयका बिध्यार्थी अब भेडुवाको सरस्वती माध्यमिक बिध्यालयमा परिक्षा दिन पाउने भएका छन । त्यस्तै गुल्मीदरबार गाउँपालिका पुग्नुपर्ने आत्मबोध माध्यमिक बिध्यालका बिध्यार्थी अब मैनडाँडा माध्यमिक बिध्यालयमा परिक्षा दिन पाउने भएका हुन ।
यसले बिध्यार्थीको समय र यातायात खर्च कटौती हुने अपेक्षा गरिएको छ । नयाँ परिक्षा केन्द्र तोकिदा पुराना केन्द्रको केहि असन्तुष्टी पनि सुनिएको छ तर सिंगो पालिकाका बिध्यार्थीको नजर बाट हेर्दा यो समायोजन न्यायोचित भएको छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बताउनुभयो ।