छत्रकोट : राष्ट्रपति रनिङ शिल्डमा सहभागी हुने बिध्यार्थीको १ लाखको बिमा

 

फाईल तस्विर

भुवन भुसाल गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने बिध्यार्थीको १ लाख सम्मको दुर्घटना बिमा गरिने भएको छ । खेलकुदका कार्यक्रममा परि बिध्यार्थी घाईते भएमा पालिकाको तर्फबाट १ लाखको दुर्घटना बिमाको व्यवस्था गरिएको शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत टिकाराम आचार्यले जानकारी दिनुभयो ।

प्रतियोगिता यहिँ पौष २६ गते देखी संचालन हुदै छ । प्रतियोगिताको तयारी तिब्र पारिएको छ । रनिङ्ग शिल्ड प्रतियोगिता गाउँपालिकाको भेंडुवामा संचालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?