नेपाली कांग्रेस छत्रकोटको प्रशिक्षण कार्यक्रम सुरु, भोली सम्म चल्ने

भुवन भुसाल, गुल्मी । नेपाली कांग्रेस छत्रकोट गाउँपालिकामा प्रशिक्षण कार्यक्रम सुरु भएको छ । नेपाली कांग्रेस जिल्ला प्रशिक्षण शाखा गुल्मीले आयोजना गरेको कार्यक्रम भोली सम्म चल्ने छत्रकोटका सभापती धातानन्द भुसालले बताउनु भयो ।

प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य उर्मिला थपलिया, लुम्बिनी प्रदेश उपसभापती भुवन प्रसाद श्रेष्ठ , जिल्ला सभापती खिलध्वज पन्थी, जिल्ला उपसभापती अनन्त पौडेल, सिब बहादुर केशी, जिल्ला सहसचिव छबि पाण्डे , सहसचिव धर्म पाण्डे, महाधिवेसन प्रतिनिधी महेन्द्र भन्डारी, नेताहरु बिष्णु बलाल, श्री प्रसाद भलामी, धातानन्द भण्डारी, राधिका न्यौपाने लगायत नेपाली कांग्रेसका नेता कार्यकर्ताको बाक्लो सहभागीता रहेको छ ।

प्रशिक्षण कार्यक्रम छत्रकोट गाउँपालिकाको वडा नं ३ भेडुवामा रहेको कभर्डहलमा सुरु भएको छ । उदघाटन सत्रमा छत्रकोट सभापती भुसालको अध्यक्षता, केन्द्रीय सदस्य थपलियाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी केन्द्रीय सदस्य थपलियाले नेपाली कांग्रेसलाई एकजुट बनाउन प्रशिक्षण कार्यक्रमले राम्रो भुमिका खेल्ने भन्दै गुल्मी जिल्लामा कांग्रेसको कृयाशिलता देखेर खुशी लागेको बताउनुभयो । थपलियाले आजको लोकतन्त्रको लागी लडेको पार्टी कांग्रेस भएकाले वाक स्वतन्त्रता, गलत गर्दा आफ्नै पार्टीको समेत बिरोध गर्न पाउने अधिकारको लागी लडेको पार्टी कांग्रेस भएकाले कांग्रेस र कम्युनिष्ट बिचको फरकलाई उदाहरण सहित औंल्याउनुभएको थियो ।

प्रशिक्षणमा नेता र नेतृत्व, आजको कांग्रेस, नेता र कार्यकर्ताको संबन्ध, भुमिका लगायतका बिषयमा प्रशिक्षण हुने आयोजकले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?