भुवन भुसाल, गुल्मी । सोमबार हरिबोधिनी एकादशी परेको छ । वर्षमा पर्ने २४ वटा एकादशी मध्य हरिबोधिनी एकादशी सबैभन्दा महत्वपुर्ण एकादशी मानिन्छ त्यसैले यसलाई ठुला एकादशी समेत भनिन्छ । यसदिन हिन्दु धर्मावलम्बीले भगवान बिष्णुको पुजाआरधाना र उपासना समेत गर्ने गर्दछन् । यस दिन आगनमा रोपिएको तुलशीको बिधि पुर्वक बिवाह समेत गर्ने गरिन्छ ।
हरिबोधिनी एकादशीको दिन भोली गुल्मीदरवार गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ । हिन्दुहरुका लागी महत्वपुर्ण पर्वको अवसरमा गाउँपालिकाले सार्वजनिक बिदा दिएको हो ।
उक्त दिन रेसुंगामा भव्य मेला लाग्ने भएकाले सार्वजनिक बिदा दिईएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भेषराज घिमिरेले एक सार्वजनिक सुचना जारी गर्दै गाउँपालिका भित्रका वडा कार्यालय, स्वास्थ्य चौकि, बिद्यालय तथा सार्वजनिक सस्थाहरुमा सार्वजनिक बिदा दिने गाउँ कार्यपालिकाको निर्णय बमोजिम बिदा दिईएको बताउनुभएको छ ।