
भुवन भुसाल । नेकपा एमालेका केन्द्रिय सदस्य बिष्णु रिजालले नयाँ खुलासा गर्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टिका सभापती रवी लामीछाने सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका क्रममा हिरासतमा रहेका बेला रास्वपाले आन्दोलन गरिरहेको छ । आन्दोलनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रती बढि आक्रामक बनेको उसले प्रधानमन्त्रीको सांकेतिक शव बनाएर दाहसंस्कार, गाली गलौज लगायतका गतिबिधि समेत गरिरहेको छ ।
तर रातीमा प्रधानमन्त्री केपी शर्मा ओली संग भेटका लागी समय मागेर मुद्धा मिलाईदिन याचना गरेको एमाले नेता रिजालले सामाजिक संजाल फेशवुक मार्फत खुलासा गर्नुभएको हो । उहाँले रास्वपा उपसभापती डोल प्रसाद अर्याल र प्रमुख सचेतक संन्तोष परियारले प्रधानमन्त्री ओली संग रवीलाई बचाईदिनु पर्यो भनेर हारगुहार गरेको समेत बताउनुभएको छ ।
उहाँले फेशबुकमा लेख्नुभएको छ “दिनभरि प्रधानमन्त्रीका विरूध्दमा व्यक्तिगत रूपमा गालीगलौज गर्ने, शब बनाएर दाहसॉस्कार गर्ने जस्तो अशोभनीय काम गर्ने, नामै लिएर लाञ्छना लगाउने रास्वपाका साथीहरू राती-राती कुन मुख लिएर बालुवाटारमा कुरेर ‘रविजीलाई बचाइदिनुपर्यो, लौ न’ भनेर हारगुहार गर्दा हुन् ? यति हेक्का राखे हुन्छ- राजनीतिमा धैर्य र इमान चाहिन्छ । जे गर्छ, कानुनले गर्छ । डोलप्रसादजी र सन्तोषजीले सम्माननीय प्रधानमन्त्रीज्यूलाई अनुरोध गरे जस्तो उहॉले चाँहदैमा मुद्दा फिर्ता सम्भव हुन्न ।”