गुल्मीलाई गिज्याएको डहरे खोला, चन्द्र भण्डारीद्धारा पुल शिलान्यास हुने

भुवन भुसाल, गुल्मी । जिल्लाको सत्यवती गाउँपालिकाको डहरे खोला पुल शिल्यान्यास हुने भएको छ । संघिय सांसद डा. चन्द्र भण्डारीको पहल र संघिय बजेटबाट निर्माण सुरुभएको पुल भोली कार्तिक ११ गते शिलान्यास हुने भण्डारीका सहयोगी बोधराज कंडेलले जानकारी दिनुभयो ।

पुलको शिलान्यास सांसद भण्डारीले बिहान ८ बजे गर्ने जनाईएको छ । रिडि, रुद्रवेणी, बुर्तिवाङ सडकमा पर्ने डहरे खोलामा पुल नहुदा पैदल यात्री र सवारी साधनलाई ठुलो जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । पुल बन्न सुरुभए संगै स्थानिय र यात्रुमा आशा जागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?