केपी ओलीको नयाँपुस्ता सक्काउने खेल दुर्गा प्रसाईले सिध्याउँछ : प्रसाई

सामाजिक अभियन्ता दुर्गा प्रसाईले केपी ओलीले नयाँ पुस्ता देखी नसहने भएको आरोप लगाउनुभएको छ । सामाजिक संजाल फेसबुकमा एक स्टाटस राख्दै प्रसाईले प्रधानमन्त्री ओलीलाई यस्तो आरोप लगाउनुभएको हो ।

उहाँले नेकपा एमालेका अध्यक्ष ओलीले प्रचण्डलाई सक्काएको, रवीलाई नजिक राखेर सिध्याएको, बालेनलाई पनी सिध्याउन खोजेको बताउनुभएको छ । रवी लामिछानेलाई पक्राउ पुर्जि जारी भएको केहि समयमै प्रसाईले स्टाटस लेख्नुभएको हो । उहाँले केपी ओलीको सिध्याउने खेल आफुले अन्त्य गर्ने समेत बताउनुभएको छ ।

प्र्रसाई लेख्नुहुन्छ ।।। “केपी ओलीले नयाँ पुस्ता देखी नसहने भएका छन् । जनयुद्धबाट उदाएको माओवादीका प्रचण्ड जी लाई यिनैले फकाएर काखमा राखेर सक्काए, रास्वपाको रवी जी लाई पनी अंगालो हालेर तेल निक्लने गरी निचोरे, बालेन जी लाई सिध्याउन खोजेकै छन् तर याद गर्नु माता दुर्गाको कसम तपाईले सुरु गरेको सक्काउने खेल दुर्गा प्रसाईले राजनितिबाट तपाई र तपाईको पार्टीलाई नै सक्काएर अन्त्य गर्छ । चेतना भया…”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?