“कुलमान जि आउनुहोस मिलेर जनताको अस्पताल बनाउँ” : चन्द्र भण्डारी

भुवन भुसाल, काठमाण्डौ । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले जलन अस्पताल बनाउने बिषयमा कुलमान घिसिङ संग अस्पताल बनाउने बिषयमा छलफल गर्नुभएको छ । आईतवार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा मन्त्री दिपक खड्काको आयोजनामा भएको छलफलमा नेपालमा जलनको उपचारका लागी सुबिधा सम्पन्न अस्पताल नभएकाले धेरै नागरिकले ज्यान गुमाउनुपरेको बताउदै भण्डारीले बिद्युुत प्राधिकरणको समेत लगानीमा जलन अस्पताल बनाउने बिषयमा घिसिङ संग छलफल गर्नुभएको हो ।

देशमा हुने जलनका घटनामा १५ प्रतिशत बढि घटना बिद्युतका कारण हुने र त्यसमा बिद्युत प्राधिकरणका कर्मचारी समेत पर्ने भएकाले उपचारका लागी अस्पताल बनाउन प्राधिकरणले चासो देखाउनुपर्ने भण्डारीले बताउनुभयो । “सरकारलाई गरेको आग्रहमा निति तथा कार्यक्रम बन्ने तर बजेटको व्यवस्था नहुने समस्या छ कुलमान जि अब हामी मिलेर अस्पताल बनाउँ हामीले नगरे कस्ले पो गर्ला र” भण्डारीले आग्रह गर्नुभयो । १ घण्टा बढि समय चलेको छलफलमा बिद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले आफुले सांसद भण्डारीको प्रस्तावलाई गम्भिर रुपमा लिएको र बैठकमा यो कुरालाई महत्वका साथमा उठाउने बताउनुभयो ।

बैठकमा जलश्रोत राज्यमन्त्री पुर्ण बहादुर तामाङ, कृतिपुर बर्न अस्पतालका प्रोफेसर डाक्टर शंकरमान राई , बिषेशज्ञ डाक्टर राजु भण्डारी , प्राध्यापक माधव न्यौपाने लगायतको समेत उपस्थिती रहेको थियो ।

जलनको उपचारको अस्पताल बनाउने बिषयमा प्रतिनिधिसभा सदस्य डा. चन्द्र भण्डारीले पटकपटक सरकार र सरोकारवाला संग छलफल गरिरहनुभएको छ । उपचार महंगो हुने र नेपालमा सुबिधा संम्पन्न अस्पताल नहुँदा धेरैले उपचारको अभावमा ज्यान गुमाउनु परेकाले भण्डारीले कोहि नेपाली जलनमा परि उपचार अभावमा मर्नु नपरोस भनेर आफु यसमा कृयाशिल बनेको बताउनुभयो । बैठकको अन्त्यमा सांसद भण्डारीले आफ्नो प्रस्तावलाई गम्भिर रुपमा लिई छलफलको आयोजना गरेकोमा मन्त्री खड्कालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?