मन्त्री र सचिवलाई चन्द्र भण्डारीको आग्रह : “बाटो र पुल सहज बनाउन छिटो काम गरौं”

भुवन भुसाल, काठमाण्डौ । प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले बाढि र पहिरोले क्षती पुर्याएका बाटो तत्काल मर्मत संभार गर्न ध्यानाकर्षण गराउनुभएको छ । नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहनुभएका भण्डारी आज भौतिक पुर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेट्न मन्त्रालय पुग्नुभएको थियो ।

मन्त्रालयमा भएको भेटमा भण्डारीले नेपालीको महान चाड दशै भित्रिसकेको अवस्थामा देशभरका बाटो अस्तव्यस्त भएकाले नेपालीको यो वर्षको दशैं दशा बन्न सक्ने तर्फ मन्त्री दाहालको ध्यानाकर्षण गराउनुभएको थियो । भेटमा सांसद भण्डारीले गुल्मी जिल्लामा पछिल्लो वर्षा र त्यसपछिको बाढि पहिरोले पुर्याको क्षतीको जानकारी गराउँदै तत्काल मर्मतको लागी बजेट व्यवस्था गरिदिन समेत आग्रह गर्नुभएको भण्डारीका स्वकिय सचिव बोधराज कंडेलले जानकारी दिनुभयो ।

भण्डारीले अविरल वर्षा पछिको बाढी पहिरोले गर्दा गुल्मी जिल्लाको मदन भण्डारी सडक अन्तर्गत पर्ने रिडी तम्घास सडक खण्डका विभिन्न स्थानमा देखिएका समस्याहरू तत्काल समाधान गरी निर्माण कार्य छिटो अगाडि बढाउन आग्रह गर्नुभयो । निर्माणको चरणमा रहेका रूद्रवेणी वामिटक्सार सडक खण्डमा पर्ने चार वटा पूलहरू डहरे खोला पूल, नादेवा खोला पूल, गेदी खोला पूल र भार्से खोला पूल निर्माण सम्पन्न गर्नको लागि आवस्यक रकमको स्रोत सुनिस्चितता गर्ने गर्न समेत दवाव दिनुभयो ।

भेटमा मन्त्रालयका सचिव केशब कुमार शर्माले कालिगण्डकीमा पर्ने पुर्र्तीघाटको पूलको ठेक्का गर्ने ,घोराहा र सोता जोड्ने पूल र पूलका मुखको डि पि आर पूरा गरी पूलको ठेक्का प्रक्रिया समेत छिट्टै अगाडी बढाइने बताउनु भयो । सचिव शर्माले निर्माण व्यवसायी भागवत गिरीसँग टेलिफोनमा कुराकानी गरी रकम अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै काम यथाशिघ्र अघि बढाउन निर्देशन समेत दिनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?