” कुनै व्यवस्थाले होईन, नेतृत्वको इच्छा शक्तीले हो समाज बदल्ने” : सांसद भण्डारी

भुवन भुसाल, गुल्मी । प्रतिनिधि सभा सदस्य चन्द्र भण्डारीले कुनै व्यवस्थाले नभई नेतृत्वको ईच्छा शक्तीले समाज बदल्ने बताउनुभएको छ । छत्रकोट गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्य समेत रहनुभएका भण्डारीले आफू व्यवस्था परिवर्तनकै लागी पटकपटक जेल बसेको यातना सहेको बताउँदै गलत व्यवस्था नभई नेतृत्व रहेको बताउनुभयो । “व्यवस्था जुनसुकै होस,नेतृत्वको ईच्छा शक्ति भयो भने समाज परिवर्तन हुने रहेछ” उहाँले भन्नुभयो ।

छत्रकोटको स्वास्थ्य शाखा जिल्लाकै उत्कृष्ट भएको खबरले खुशी भएको बताउँदै उहाँले पालिकाको नेतृत्व गर्ने रामप्रसाद पाण्डेय, स्वास्थ्य शाखाको नेतृत्व गर्ने श्यामसुन्दर पोख्रेल र गाउँपालिका परिवारलाई बधाई दिनुभयो ।  गाउँपालिकाको स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा सम्पन्न गरेका काम, त्यस बाट सेवाग्राहीले पाएको सेवा, कामको अवसर र चुनौती लगायतका बिषयमा समीक्षा गरिएको छ ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको अध्यक्षतामा संचालित कार्यक्रममा उपाध्यक्ष साबित्रा ज्ञवाली, प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापती भुवन प्रसाद श्रेष्ठ, जिल्ला समन्वय समिती सदस्य महेश्वर भण्डारी, कांग्रेस नेता महेश्वर भण्डारी, जनस्वास्थ्य कार्यालय गुल्मीकी प्रमुख पुष्पा थापा, जनस्वास्थ्य अधिकृत पशुपती आचार्य लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पाण्डेयले भौतिक बिकाशका कामको लागी पालिका भित्र थप बजेटको लागी पहल गर्न सांसद भण्डारीलाई आग्रह गर्नुभयो । उहाँले आन्तरिक आम्दानी अति कम रहेकाले गाउँपालिका केन्द्र र प्रदेशकै भर पर्नुपर्ने अवस्थामा रहेको दुखेसो समेत पोख्नुभयो ।

छत्रकोट गाउँपालिका स्वास्थ्य शाखाले गत आर्थिक वर्षमा सतप्रतिसत नतिजा प्राप्त गरेको स्वास्थ्य शाखा प्रमुख श्यामसुन्दर पोख्रेलले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?