भुवन भुसाल, गुल्मी । राष्ट्रिय युवा संघ गुल्मीको दशौं जिल्ला अधिवेशन सम्पन्न भएको छ । जिल्ला सदरमुकाम तम्घासमा बिहिवार उद्घाटन गरिएको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको एमाले नेता जनक पन्थले बताउनुभयो ।
अधिवेशनले अध्यक्षमा कृष्ण आचार्य, उपाध्यक्षमा हरि कृष्ण सुबेदि, सचीवमा सन्दीप खत्रीलाई छनोट गरेको छ । त्यस्तै उपसचिवमा सज्जन ढकाल, उपसचिव महिला तर्फ पुजा कडेल र कोषाध्यक्षमा हिमाल भण्डारी गरि ४१ सदस्यीय जिल्ला कमिटीलाई निर्वाचित गरेको छ ।
जिल्ला अध्यक्ष विमल ज्ञवालीको अध्यक्षतामा संचालित जिल्ला अधिवेशनमा केन्द्रिय सदस्य एवं जिल्ला ईन्चार्ज कपुर घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो । रातभर अधिवेशनको बन्द सत्र गरी नयाँ नेतृत्वलाई सपथ ग्रहण गराएर अधिवेशन सम्पन्न गरिएको छ ।