गुल्मी: वार्षिक समीक्षा बैठक सुरु, सांसद भण्डारी द्वारा उदघाटन

भुवन भुसाल, गुल्मी ।  जिल्लाको वार्षिक समीक्षा बैठक जिल्ला सदरमुकाम तम्घासमा सुरु भएको छ । गुल्मी जिल्लाका विकास निर्माण सँग सम्बन्धित कार्यालयहरु र स्थानिय तहहरुको गत आर्थिक वर्षको वार्षिक समीक्षा बैठक आजदेखी सुरुभएको छ ।

आज बुधबार देखी सुरुभएको बैठक भोली सम्म चल्नेछ । समीक्षा बैठकको उदघाटन प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले गर्नुभएको छ । आयोजक जिल्ला समन्वय समिती अध्यक्ष द्रोण खत्रीको अध्यक्षतामा सुरु भएको बैठकको प्रमुख अतिथी सांसद भण्डारी रहनुभएको छ । कार्यक्रममा गुल्मी जिल्लाका सबै सरकारी कार्यालयका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृतहरु लगायतको सहभागीता रहेको छ ।

उदघाटन कार्यक्रममा बोल्दै सांसद भण्डारीले संविधान निर्माण गर्दा आफुले स्थानिय तहलाई दल बाट निर्वाचित जनप्रतिनिधि राख्न नहुने बताएको उल्लेख गर्दै जनताको नजिकको सरकार कसैको दलको नभई जनताको हुनुपर्ने राय राखेको भएपनी त्यो बेला पूरा हुन नसकेको बताउनुभयो । वहाँले संविधान निर्माण गर्दा महिला, दलित र सिमान्तकृत वर्गलाई खास स्थान दिएकाले आज जनप्रतिनिधि प्रतिनिधिमुलक रहेको बताउनुभयो ।

पालिका प्रमुखहरुका अगाडि सम्बोधन गर्दै सांसद भण्डारीले पालिकाहरुले आफ्ना प्रशासकीय भवन निर्माण गर्दा आफ्नै मौलिक शैलीमा बनाउन नसकेकोमा चिन्ता व्यक्त गर्दै अब बन्ने भवनमा मौलिकता झल्किने गरि स्थानिय श्रोत साधनको प्रयोग गरी निर्माण गर्न सुझाव दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?