कक्षा छ देखि कक्षा ११ सम्मका ५२ जना जेहेन्दार विध्यार्र्थीहरुलाई झोला तथा अन्य सबै बिध्यार्थी हरुलाई शैक्षिक सामग्री प्रदान गरिएको छ । यसै गरी विद्यालयको भलिवल मैदानको मर्मत सँगै ३ थान भलिवल र एक थान भलिवल जाली खेल शिक्षक पिताम्वर कडेलाई हस्तान्तरण गरिएको छ । त्यसैगरी विरामी आराम कक्ष व्यवस्थापनका सामाग्री रेडक्रसका शिक्षक नायक ललिता पाण्डेलाई हस्तान्तरण गरिएको छ । विधार्र्थीहरुको समूहले विद्यालयको पिउने पानी वितरणका लागि स्टिल ट्याङ्की व्यवस्थापन गर्दै छ भने आर्थिक साक्षरता कक्षा समेत सञ्चालन गरिएको छ ।
शौक्षिक सामग्री प्रदान कार्यक्रममा विद्यालयका प्रधानाध्यापक विकासचन्द्र खरेलले आफ्नो मन्तव्यका क्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्र्थीहरुले आफ्नो बिबिए दोस्रो वर्षको अध्ययनका क्रममा गर्नुपर्ने परियोजना कार्य अन्तर्गतको सामाजिक सेवा कार्यक्रमका लागि श्रृङ्गा जनता माबिलाई छनोट गरी सहयोग पुर्याएकोमा आभार प्रकट गर्दै उहाँहरुको शैक्षिक सफलताको शुभकामना ब्यक्त गर्नुभयो ।
हाल श्रृङ्गा जनता माबि सबैको नजरमा पर्न थालेको छ । नयाँ व्यवस्थापन समिति बनेपछि यसको सक्रियता र सबैपक्ष संगको समन्वयका कारण बिद्यालयमा शैक्षिक सुधारका साथै भौतिक बिकासका कामहरु समेत तिव्र बनेका छन् ।