
भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोटले आर्थिक मितव्ययीतालाई अपनाउँदै खादा प्रयोगमा रोक लगाएको छ । आज एक सार्वजनिक सुचना जारी गर्दै छत्रकोट गाउँपालिका भित्र खादा प्रयोग निशेध गरिएको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताउनुभयो ।
आर्थिक रुपमा महंगो, आयातीत सामाग्री हुनुका साथै हाम्रो संस्कृती भित्र नपर्ने भएकाले सो निर्णय गरिएको पुनको भनाई छ । हाललाई गाउँपालिका, वडा, स्वास्थ्य संस्था, बिद्यालय तथा अन्य निकायहरुमा गरिने औपचारिक तथा अनौपचारिक कार्यक्रममा खादा प्रयोग निषेध गर्ने निर्णय गरिएको अधिकृत पुनले बताउनुभयो । आज मंगलबार बसेको गाउँकार्यपालिका बैठकले सो निर्णय गरिएको हो ।
गाउँपालिकाभित्र हुने बिविध कार्यक्रममा बार्षिक लाखौं मुल्यको खादा आयात हुँदै आएको थियो । यो निर्णयले आयात प्रतिस्थापन गर्दै स्थानिय फुल र मालाको प्रयोग बढाउदै स्थानियको अर्थोपार्जनमा टेवा पुग्ने अपेक्षा गरिएको छ ।