भुवन भुसाल, गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीले तिज गीत प्रतियोगीता सम्पन्न गरेको छ । हिन्दु नेपाली नारीको महान पर्व तिजको अवसरमा आयोजित तिज गीत प्रतियोगीतामा आत्मबोध माध्यमिक बिद्यालय प्रथम भएको छ ।
श्रृंगा जनता माध्यमिक बिद्यालय छत्रकोट ४ श्रृंगामा आयोजित प्रतियोगीतामा १४ टिमको सहभागीता थियो । सहभागी मध्यबाट प्रस्तुतीका आधारमा हरियाली आमा समुह द्धितिय, श्रृंगा जनता माध्यमिक बिद्यालय तृतिय भएका छन् । प्रतियोगीतामा मिलिजुली आमा समुह छत्रकोट २ ले सान्त्वनामा चित्त बुझायो ।
गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयको प्रमुख आतिथ्यता रहेको थियो । गाउँपालिकाका संस्थापक अध्यक्ष मधुकृष्ण पन्थ, प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुन, वडा अध्यक्षहरु, राजनितिक दलका नेता, सामाजिक संघ सस्थाका व्यक्तित्वको समेत कार्यक्रममा आतिथ्यता रहेको थियो ।
प्रतियोगीतामा नेपाली मौलिकता र सकारात्मक संदेश छर्ने गीत र नृत्य प्रस्तुत गरिएको थियो । छत्रकोटका साथै छिमेकी गाउँपालिकाबाट समेत दर्शकको सहभागीता रहेको थियो । प्रतियोगीतामा निर्णायकको भुमिका राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानले भुमिका निर्वाह गरेको थियो ।