नेपालमा यदि बंगलादेशकै जस्तो अवस्था भयो भने ? चलचित्र ‘लिडर’ हेर्नुहोस (भिडियो सहित)

भुवन भुसाल, काठमाण्डौ । नेपालमा सर्वसाधारणले मात्र होईन कहिले काँहि संसदमा समेत देशकै पुर्वप्रधानमन्त्री समेतले यो देशमा पनी बंगलादेशकै जस्तो अवस्था आयो भने भन्ने तकर्ना गरिरहन्छन । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले सत्ता छाडेर भारतको शरणमा पुगेपछि नेपालमा पनी नेताहरु त्यसैगरी लखेट्नुपर्छ भन्दै युवाहरु दिनदिनै आन्दोलन समेत गरिरहेका छन् ।

त्यहिँ बंगलादेशको नियती कसरी आउँछ, युवाको आन्दोलनको सानो झिल्कोले कसरी राज्यसत्ता नै उलटपुलट हुन्छ भन्ने सन्दर्भमा एक चलचित्र बनेको छ ।

चलचित्रमा दिनहँुजसो पत्रपत्रीकामा छापिने निरासा, बेथिती, भ्रष्टाचारका समाचार बाट दिक्क बनेका युवाहरु एकजुट बनेर क्रियाशिल नेताहरुकै कारण देश बिग्रीएको देखाईएको छ । नेताहरु सत्तालिप्सामा लागेको बेला युवाहरु भने यो व्यवस्था परिवर्तन नगरी देश नबन्ने र त्यती बेलाका वीर गोर्खाली कहलिएका युवा आजको अवस्था हेरेर बस्न नहुने भन्दै लिडरले सबै युवा एकजुट बनाएको देखाईएको छ ।

बाहिर आन्दोलन चर्किदा समेत को मन्त्री बन्ने, कसले सत्ताको नेतृत्व गर्ने भनेर भागबण्डामा व्यस्त नेताहरुलाई आन्दोलित युवाहरुले गहलत्याएर निकालेको दृष्यले हरेक युवाको रगत उमाल्छ । एल. बि क्षेत्री र कृती क्षेत्रीले निर्माण गरेको चलचित्र लिडरमा रमेश क्षेत्री र प्र्रशंसा सिवाकोटीको मुख्य भुमिका रहेको छ । चलचित्रमा गौरव पहाडी, प्रकाश घिमिरे, सविन बास्तोला, बाल कलाकार साईमन भट्टको भुमिका रहेको छ । देवजंग थापाले निर्देशन गरेको छोटो चलचित्र लिडर ओएसआर डिजिटलको युुट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

जम्मा २१ मिनेटको चलचित्रमा आजको नेपाल, युवाको मनस्थिती, आन्दोलन र सत्ता बहिर्गमन देखाईएको छ ।

हेर्नुहोस भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?