भुवन भुसाल, गुल्मी । छत्रकोट गाउँपालिकाको वडा नं ६ दौंघामा नेपाल राष्ट्रिय माबि मा समाजसेवी पिताम्बर अर्यालले ५५ हजार बढिको अक्षयकोष स्थापना गर्नुभएको छ । बिद्यालयको ६७ औं वार्षिक उत्सवको अवसरमा नेकपा एमाले छत्रकोटका अध्यक्ष समेत रहनुभएका वडा नं ३ का वडा सदस्य अर्यालले ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष समेत स्थापना गर्नुभएको हो । शनिवार सम्पन्न बार्षिक उत्सव समारोहमा अक्षयकोष स्थापनाकर्ता अर्याललाई विद्यालयको तर्फबाट धन्यवाद दिदै सम्मान समेत गरिएको छ ।
यसैबिच नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छत्रकोट ६, दौघा गुल्मीको ६७ औ बार्षिक उत्सब तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । तीन दिन सम्म संचालित कार्यक्रममा विद्यार्थी विच अन्तर सदनात्मक हाजिरी जवाफ प्रतियोगिता , वक्तित्वकला, भलिबल , एथलेटिक्स र अभिभावकहरु विच म्युजिकल चियर लगायतका प्रतियोगितात्मक कार्यक्रमहरु सम्पन्न भएका थिए ।
कार्यक्रमको अन्तिम दिन विद्यालय व्यवस्थापन समिति अध्यक्ष गणेश प्रसाद ज्ञवालीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा प्रमुख अतिथि छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय रहनु भएको थियोे । कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले विद्यालयबाट भौतिक पुर्वाधार को माग भन्दा शैक्षिक गुणस्तर सुधार गर्ने कार्यक्रम माग गर्नुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा छत्रकोट गाउँपलिका उपाध्यक्ष साबित्रा ज्ञवाली, वडा नम्बर ६ का वडा अध्यक्ष नारायण रेस्मी, पूर्व वडा अध्यक्ष थम्मन ज्ञवाली, पूर्व प्र अ तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष लेखनाथ ज्ञवाली , पूर्व प्रधानाध्यापक टिकाराम ज्ञवाली लगायतको आतिथ्यता रहेको थियो ।
विद्यार्र्थी झरना लम्तरी र शिक्षक शान्ता पुन को स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा विद्यार्र्थीहरुले स्वागत गित र नृत्यहरु समेत प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा विद्यालयका प्रधानाध्यापक माधब प्रसाद घिमिरेले विद्यालयको कुल १ करोड ४१ लाख ८६ हजार २ सय ८५ रुपैयाँ ११ पैसा बराबरको आम्दानी खर्चको आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियोे ।
कार्यक्रममा शैक्षिक सत्र २०८० मा कक्षा नर्सरी देखि कक्षा १ सम्मका उत्कृष्ट विद्यार्र्थीहरुलाई विद्यालय र विद्यालयमा गठित विभिन्न अक्षयकोषहरु बाट नगद, प्रमाणपत्र सहित पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेय, उपाध्यक्ष सावित्रा ज्ञवाली, वडा अध्यक्ष नारायण रेस्मी, पुर्ब वडा अध्यक्ष थम्मन ज्ञवाली, सरस्वती मा वि व्यवस्थापन समिती सदस्य पिताम्बर अर्याल , पुर्ब प्रअ तथा व्यवस्थापन समिती अध्यक्ष लेखनाथ ज्ञवाली, पुर्ब प्रअ टिकाराम ज्ञवाली, दौघा हरि आधारभूत विद्यालयका प्र अ कालिदास आत्रेय, लगायतले शुभकामना मन्तव्य दिनुभएको थियोे । कार्यक्रमको संचालन शिक्षकहरु युवराज काफ्ले र गिरिराज भुसालले गर्नुभएको थियोे ।