भुवन भुसाल, गुल्मी । हिन्दु नेपाली नारीहरुको महान पर्व तिज नजिकिदै छ । तिजलाई लक्षित गरेर सांगितिक बजारमा तिजका नयाँ नयाँ गितहरु पनी आईरहेका छन् । पछिल्ला वर्षहरुमा नेपाली बजारमा आएका तिजका गितले तिजको संरक्षण भन्दापनी यसको मौलिकता मासिरहेका छन् ।
यो वर्ष बजारमा आएका केहि तिजका गित त अझै बिभिन्न संस्थाको कालो सुचिमा नै परेका छन् । यस्तो बिकृतीको भिडमा एउटा मौलिक तिजको गित “बसी गोडौंला” बजारमा आएको छ । आर के प्रोडक्सनले बजारमा ल्याएको यो गितले नेपाली मौलिकताको प्रवद्र्धन गर्ने निर्माण पक्षको दाबी छ ।
यो गितमा ओम सेन्चुरी र कृष्टी के.शीको स्वर छ भने संगित ओम सेन्चुरी र कमल परियारको रहेको छ । पछिल्लो समयको उदाउँदो कलाकार ओम सेन्चुरीले लेखेको गितमा यो समयको चर्चित र व्यस्त एरेन्जर महेन्द्र भण्डारीले संगित संयोजन गर्नुभएको छ ।
गितको भिडियोमा हिरा थापा मगर, मुना थापा मगर, कमल परियार र तारा राहादीको नाच एवं अभिनय रहेको छ । यो गीतको अधिकांश दृष्य गुल्मी सत्यवती गाउँपालिकामा छायाँकन गरिएको हो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस