भुवन भुसाल, गुल्मी । राष्ट्रिय युवा संघ नेपाल छत्रकोट गाउँकमिटीले निर्माणाधिन मदन भण्डारी राजमार्गमा यात्रुले खेप्नुपरेको सास्तीले आफुहरुको ध्यानाकर्षण भएको जनाएको छ । गुल्मीको प्रवेशद्धार रिडि देखी बिरवास सम्म निर्माणाधिन सडकमा हिलोका कारण यात्रुहरुले कष्ट खेप्नुका साथै दुर्घटना समेत भएपछि युवा संघ छत्रकोटले तत्काल मर्मत गर्न भनेको हो ।
बुधवार एक ध्यानाकर्षण पत्र मदन भण्डारी आयोजना कार्यालयलाई बुझाउदै युवा संघले सडक खण्डको धरमपोखरा देखी भेडुवा सम्मको सडक निकै कष्टकर भएकाले तत्काल ग्राभेल राखी, लोलरले पेलेर हिड्न मिल्ने बनाउन आग्रह गरको छ । बाटोमा हिलो र पानीका कारण पैदल यात्रु, दुई पांग्रे सवारी साधन दिनहु पल्टीने र चार पांग्रे सवारी पनी रोकिने भएकाले तत्काल समस्या समाधानका लागी ध्यानाकर्षण गराएको युवा संघ छत्रकोटका अध्यक्ष किरण न्यौपानेले बताउनुभयो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्रोजेक्ट ईन्चार्ज मन्दिप बराल, ईन्जिनियर राकेश पासवान, आशिष आचार्यले युवा संघले गराएको ध्यानाकर्षणलाई गम्भिर रुपमा लिंदै छिटै काम सुरु गर्ने बताउनुभयो ।
युवा संघको तर्फबाट छत्रकोट अध्यक्ष न्यौपाने, यवा संघ गुल्मीका पुर्व जिल्ला सचिव रामकृष्ण न्यौपाने, वडा नं ४ का वडा सदस्य केशवराज कंडेल, युवा संघ छत्रकोटका नेता डिबी थापा, झबिन्द्र्र कार्की, कमला केशी लगायतको सहभागीता रहेको थियो । समानान्तर ईलाईट जेभीले सडक फराकिलो र पिच गरी स्तरोन्नतीको काम गरिरहेको छ । रिडिदेखी सुरुभएको सडकमा सबैभन्दा गाह्रो धरमपोखरा देखि भेडुवा सम्म भएको भन्दै गाडि चालक र यात्रुले समेत गुनासो गर्दै आईरहेका छन् ।
हेर्नुहोस ध्यानाकर्षण पत्र