
गाबिन्द झाँक्री, गुल्मी । मौसम पुर्वानुमान महाशाखाले भोली देखी देशका बिभिन्न जिल्लामा साधारण देखी पुर्णतया बदली रहि अधिकांश स्थानहरुमा हल्का देखी मध्यम वर्षाको संभावना रहेको जनाएको छ । आज सोमबार बिहान ११ बजे एक बुलेटिन सार्वजनिक गर्दै महाशाखाले सचेत रहन आग्रह गरेको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार भोली मंगलबार र पर्सी बुधबार देशका लुम्बिनी, कोशी, बाग्मती, गण्डकी र सुदुरपस्चिम प्रदेशका केही तथा कर्णाली र मधेश प्रदेशका थोरै स्थानहरुमा भारीदेखी धेरै भारी वर्षाको संभावना रहेको पुर्वानुमान गरेको छ । साथै बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
यी दुई दिन भुक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको र मनसुनमा रातीको समयमा पानी पर्ने सम्भावना बढि हुने गरेकाले शहरी तथा तराई क्षेत्रहरुमा डुवानको जोखिम रहेको जनाएको छ । यो समयमा तराई क्षेत्रहरुमा डुवानको जोखिम रहेको, ठुला तथा साना नदि नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने दैनिक जनजिवन प्रभावित हुन सक्ने बताएको छ ।
लुम्बिनी प्रदेशका गुल्मी, पाल्पा, कपिलवस्तु,रुपन्देही, नवलपरासी, दाङ, बाँके, बर्दिया प्युठान अर्घाखाँची लगायतका जिल्ला समेत रेड जोनमा रहेका छन् ।