भुवन भुसाल, गुल्मी । युवा संघ नेपाल छत्रकोट गाउँकमिटि गुल्मीले बृहत वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । नेकपा एमालेको भातृ संगठन युवा संघ छत्रकोटले गाउँपालिकाको वडा नं २ मा पल्लिकोट कोलडाँडामा रहेको खाली जग्गामा आज बिभिन्न जातका बिरुवा रोपेको हो ।
संघले आज वातावरण अनुकुल हुने अमला, लप्सी, टिमुर, बेलौती, गुलमोहर,धुपी, बिरेन्द्र फुल, कपुर लगायत ९ थरी गरी ५ सय भन्दा धेरै युवा संघ पुर्व जिल्ला सचिव रामकृष्ण न्यौपानेले जानकारी दिनुभयो ।
वृक्षारोपण संगै भएको एक औपचारीक कार्यक्रममा युवा संघ छत्रकोटका अध्यक्ष किरण न्यौपानेले युवाहरु आफ्नो व्यवासायीक काम संगै सामाजिक उत्तरदायीत्व निर्वाह गर्न पनी कृयाशिल हुनुपर्ने बताउँदै रोपिएका बिरुवाको संरक्षणको जिम्मेवारी युवा संघका साथै समुदायको भएको बताउनुभयो । युवा संघका केन्द्रिय सदस्य, एवं गुल्मी जिल्ला ईन्चार्ज कपुर घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बाल शिंह काउछा, सचिव धर्म बिष्वकर्मा, नेतृ नर्मदा भण्डारी, गाउँ कमिटी अध्यक्ष पिताम्बर अर्याल, छत्रकोट गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवाली, जिल्ला सदस्य डिलाराम न्यौपाने, छत्रकोट सचिव यज्ञ पाण्डे, एमाले नेता होमनाथ कंडेल लगायतको बिशेष उपस्थिती रहेको थियो ।
बृक्षारोपण कार्यक्रममा युवा संघका साथै नेकपा एमाले, अखिल नेपाल महिला संघ, किसान संघका नेता कार्यकर्ता र स्थानियको बाक्लो सहभागीता रहेको एमाले नेता जनक पन्थले बताउनुभयो । युवा संघ नेपालको एक युवा पाँच बिरुवा कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।