हर्दिनेटा स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न, सेवा शुभारम्भको तयारी

भुवन भुसाल, गुल्मी । छत्रकोट गाउँपालिका वडा नं ३ को स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएको छ । पुरानो गाबिस भवनबाट सेवा दिईरहेको स्वास्थ्य चौकी अब नयाँ भवनबाट सञ्चालन हुने भएपछि यहाँका स्थानियमा खुशी छाएको छ ।

संघिय सरकारको बिशेष अनुदान अन्तर्गत बहुवर्षिय योजनाबाट निर्मित उक्त भवन रेसुगां दर्शन कन्ट्रक्सन एण्ड सप्लायर्स प्रा.लिले निर्माण गरेको हो । १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी १ करोड ७१ लाख रुपैयाँमा सम्झोैता गरेर निर्माण सुरुगरेको निर्माण कम्पनीले समयमा नै काम सम्पन गरेको हो । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड अनुसारको सुविधा सम्पन्न स्वास्थ्य चौकी बनेपछि यसबाट पाउने सेवा पनी थप हुने स्थानियको अपेक्षा छ ।

यो भवन निर्माण गर्न सोहि वडाका वडा अध्यक्ष तेजकान्त अर्यालले जग्गा निशुल्क प्रदान गर्नुभएको हो । अर्यालले निशुल्क प्रदान गरेको कुल साडे ३ रापनी जग्गामा स्वास्थ्य चौकी भवन निर्माण भएको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताउनुभयो ।

वडा अध्यक्ष अर्यालका अनुसार भवन बनाउन जग्गा किन्न नपाईने, अन्यत्र पनी जग्गा खोजिएको तर नपाएपछी बिकाशका लागी आफैले निशुल्क जग्गा प्रदान गर्नुभएको हो । “स्वास्थ्य चौकी भवनलाई जग्गा दिनु सामाजिक काम संगै पुण्य पनी हुने भएकाले प्रदान गरेका हौं सुविधा सम्पन्न भवन बनेको छ, बलियो पनी बनेको छ परिवार नै खुुशी छौं” वडा अध्यक्ष अर्यालले भन्नुभयो । वहाँले स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न भएपछि आफ्नो एउटा सपना पुरा भएको समेत बताउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत पुनका अनुसार भवन कानुनी रुपमा निर्माण व्यवसायीबाट पालिकाले ग्रहण गरी कार्यालय व्यवस्थापन र स्वास्थ्य सामाग्रीको जोहो गर्ने काम भईरहेको छ, अव छिट्टै नयाँ भवनबाट सेवा दिने तयारी गाउँपालिकाले गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?