श्रृंगा जनता माबिको व्यवस्थापन समिति अब एमालेको नेतृत्वमा बनाउछौँ : एमाले अध्यक्ष अर्याल

नेकपा एमाले छत्रकोटका अध्यक्ष एवं पालिका सदस्य पिताम्बर अर्यालले श्रृंगा जनता माध्यमिक बिद्यालय व्यवस्थापन समिति परिवर्तन गरेरै छाड्ने मन्तव्य दिनुभएको छ । नेकपा एमाले छत्रकोट काठमाण्डौ सम्पर्क मञ्च गुल्मीको तेस्रो पालिका सम्मेलनलाई काठमाण्डौमा संबोधन गर्दै अर्यालले यसो बताउनुभएको हो ।
वहाँले अब छत्रकोटका अधिकांश बिद्यालयमा नेकपा एमालेको नेतृत्वमा समिति गठन गराएर छाड्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । अध्यक्ष अर्यालको उक्त अभिव्यक्ति पछि नेकपा एमालेकै सदस्यहरुले यसको बिरोध गरिरहेका छन् । कार्यक्रममा सहभागी श्रृंगा निवासी देविदत्त कंडेलले यो भनाईले आफु आस्चर्य चकित बनेको बताउनुभयो ।

“बिकाशका हिसाबले पक्कि सडकको छेउँमा रहेको हाम्रो बिद्यालय गुणस्तर र भौतिक संरचनामा दिनानुदिन खस्किदो थियो, राम चन्द्र अध्यक्ष बनेर आएपछि रिजल्ट र भौतिक संरचनामा आमुल परिवर्तन हँुदै छ, हाम्रो पार्टिलाई किन टाउको दुखेको हो अचम्म भयो”  कंडेलले भन्नुभयो ।
एकातिर सरकारले बिद्यालयमा राजनिति गर्न नपाईने नियम बनाउँदै जाने अर्कोतर्फ स्थानिय सरकारका जनप्रतिनिधिले नै बिद्यालयलाई राजनितिको अखडा बनाउने खालको अभिव्यक्ति दिनुलाई स्वाभाविक कसरी मान्न सकिएला भन्ने प्रश्न उव्जिएको छ ।

कार्यक्रममा सहभागी अर्का एक युवाले नाम उल्लेख नगर्ने सर्तमा भन्नुभयो “म त यो कुरा सुनेर अचम्म परे, वहाँले त्यो बोलेपछि केहि बुद्धिजिवीले बिरोध पनी गरे कार्यक्रम नै खलबलिएला भनेर लफडा चाहिँ भएन तर बिद्यालयमा यस्तो खुलेयाम राजनिती हुन्छ भन्ने सुनिन्थ्यो आज आफ्नै अगाडि देख्दा उदेक लागेर आयो र कार्यक्रम बिचमै छोडेर निस्किएँ ।”

यसैबिच संचारकर्मीलाई प्रतिकृया दिदैं अध्यक्ष अर्यालले नसके अर्कै कुरा भयो सकेसम्म नेतृत्व परिवर्तन गरेरै छोड्ने र व्यवस्थापन समितिको निर्वाचनमा अन्तरघात गर्ने सदस्यलाई पार्टिले कारवाहि गर्ने समेत बताउनुभयो । राजनिति हुने स्थानमा आफ्नो पार्टिको नेतृत्व स्थापित गराउन खोज्नु सामान्य भएको उहाँको भनाई छ ।

अध्यक्ष अर्यालको यस्तो भनाईपछि छत्रकोट आसपासका शिक्षाप्रेमीले उक्त भनाईको बिरोध गरिरहेका छन् । छत्रकोट ४ श्रृंगाका सुरेन्द्र कंडेलले सबै स्थानियहरु सचेत रहनुपर्ने बताउनुभएको छ ।सामाजिक संजाल फेसबुकमा उहाँ लेख्नुहुन्छ ”

विद्यालयको व्यवस्थापन (भौतिक, शैक्षिक) अग्रगतिमा गइरहेको समयमा पार्टीगत र व्याक्तिगत रिसीवीका कारण हाम्रो गुल्मी जिल्ला छत्रकोट गाउँपालिका वडा नं ४ मा रहेको सामुदायिक विद्यालय श्री श्रृङ्गा जनता उच्च माध्यमिक विद्यालयमा संचालक समिति विघटन गर्न खोजिएको जानकारी।
विद्यालयको प्रगति, उन्नति बिरोधी तत्वहरू मौलाएको, सामुदायिक विद्यालयको हित विरुद्ध राजनीतिगर्ने, अधिकारको दुरुपयोग गरी शिक्षालयमा धावा बोल्ने, बोर्डिङलाई प्रोत्साहन गर्ने कुचेष्टा देखिएकोले छत्रकोटका बासिन्दा र यो विद्यालयको हित चाहने र माया गर्नु हुने सम्पूर्ण जनमानसलाई सचेत रहनुहुन हार्दिक आग्रह गर्दछु ।”

यता व्यवस्थापन समिती अध्यक्ष रामचन्द्र कंडेलले भने आफु बिद्यालयमा राजनितिक रुपमा अध्यक्ष नरहेको सबैको साझा रहेको भन्दै राम्रो गर्दै गर्दा कस्को टाउको दुख्यो, कसले कहाँ के भन्यो आफुलाई मतलब नरहेको र पदमा रहुन्जेल बिद्यालयलाई नमुना बनाउने गरि काम गर्ने प्रतिकृया दिनुभयो । “हाल सम्म यस्तो राम्रो सामाजिक र राजनितिक छबि बनाउनुभएका पिताम्बर जि ले त्यस्तो बोल्नुभयो होला भनेर मलाई बिष्वास लागेको छैन् साथीहरुले फोन गरेपछि जानकारी पाएको हँु, खै के भन्नु यो देशमा राम्रो गर्नै हुन्न र” कंडेलले प्रतिप्रश्न समेत गर्नुभयो । “यस्ता कुरा सुन्दा अझै राम्रो गर्ने जोस पलाएको छ, सबैको साथ लिएर थप राम्रो गर्दै जानेछु” उहाँले भन्नुभयो ।

श्रृंगा जनता माध्यमिक बिद्यालयमा रामचन्द्र कंडेल व्यवस्थापन समिती अध्यक्ष बनेपछि यहाँको शैक्षिक र भौतिक पक्षमा आमुल परिवर्तन आएको यहाँका स्थानिय बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?