भुवन भुसाल, गुल्मी । आज विपी स्मृति दिवस देशभर बिभिन्न कार्यक्रम गरि मनाईएको छ । प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक नेता विपी कोईरालाको ४२ औं स्मृति दिवस आज कांग्रस, पार्टिका भातृ र सुवेक्षुक संस्थाले बिभिन्न कार्यक्रम गरेका छन ।
आज नेपाली कांग्रेस छत्रकोटले सबै वडाहरुमा वृक्षारोपण र सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । वडा नं ३ को देवी भगवती मन्दिर भालुपानीमा पालिका सभापती धातानन्द भुसाल, वडा सभापती बाबुराम पन्थ लगायतको सहभागीतामा सरसफाई कार्यक्रम गरिएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्यसमिती गुल्मीको कार्यक्रम अनुसार आज जिल्ला सदरमुकाम तम्घासमा बीपीका विचार र वर्तमान सन्दर्भ विषयक गोष्ठी, वडा र पालिकाहरुमा वृक्षारोपण, फलफुल बितरण, अन्य सामाजिक कार्यक्रम गर्ने जिल्लाको निर्णय अनुसार विभिन्न स्थानमा फरक फरक कार्यक्रम गरिएको छत्रकोेट सभापती धातानन्द भुसालले जानकारी दिनुभयो ।
बिहानैदेखी परेको झरीमा पनी स्थानियको बाक्लो सहभागीता रहेको थियो ।