भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोटमा बाघले २ वटा बाख्रा मारेको छ । आज दिउसो ३ बजे छत्रकोट ४ श्रृंगा रुप्से सान्नेका नबिन कंडेलको गोठमा पसेर २ वटा बाख्रा मारेको छ भने एउटा बाख्रा घाईते अवस्थामा छोडेको छ ।
दिउसो ३ बजे गोठमा बाघ पस्यो, मान्छे गएर लखेट्दा सम्म पनि बाघ त्यैं थियो गाउँका धेरै जम्मा भएर होहल्ला गरेपछि बल्ल भाग्यो गाउँमा बस्न सम्म डर हुन लाग्यो स्थानिय चुण्ड कंडेलले बताउनुभयो । “गाउँ बसाईसराईले रित्तियो, जताततै जंगल छ, दिउसै बाघ घर आउँछ, बालबालिका बिद्यालय पठाउन सम्म डर भयो” कंडेलले भन्नुभयो ।
उहाँका अनुसार गोठमा ३ वटा बाख्रा र एउटा भंैसी थिए, भैसीलाई बाघले केहि गरेको छैन तर बाख्राका २ पाठा मारेको छ भने माउ घाईते छ । स्थानियका अनुसार बाघ खैरो पाटा परेको लगभग ६०/६५ किलो जतिको देखिन्थ्यो ।