कृर्षिलाई व्यवसायीक बनाउने प्रयासमा चन्द्रकोट, वडा नं २ मा सुन्तला र कफिका बिरुवा वितरण हुने

गुल्मी, असार १७ । चन्द्रकोट गाउँपालिका गुल्मीले किसानहरुलाई व्यवसायिक खेती तर्फ आकर्षित गर्न बिभिन्न फलफुलका बिरुवा निशुल्क बितरणको कार्यक्रम अगाडि सारेको छ । गाउँपालिकाका बिभिन्न स्थान बिशेषमा हुने फलफुलका बिरुवा निशुल्क किसानहरुलाई बितरण गरिरहेको छ ।

सोमबार ३ हजार अलैचीका बिरुवा किसानहरुलाई बितरण गरेको चन्द्रकोटको वडा नं २ ले सुन्तला र कफि खेती गर्न चाहाने किसान संग बिरुवाका लागी आवेदन माग गरेको वडा अध्यक्ष कमल केशीले जानकारी दिनुभयो । आज एक सार्वजनिक सुचना जारी गर्र्दै वडा नं २ ले व्यवसायीक सुन्तला र कफि खेती गर्न चाहाने वडा बासीले ३ दिन भित्र वडा कार्यालयमा माग गर्न आग्रह गरेको छ ।

“हाम्रो वडामा सुन्तला र कफिको उत्पादन राम्रो छ यसलाइ व्यवसायीक बनाउन किसानहरु संग बिरुवाका लागी आवेदन माग गरेका छौं इच्छुक किसानहरु हेरेर सोही अनुसार बिरुवा ल्याई किसानहरुलाई बितरण गर्ने छौं” वडा अध्यक्ष केशीले भन्नुभयो । इच्छुक व्यवसायीक किसानले वडा कार्यालयमा निवेदन दिन सक्ने उहाँले बताउनुभयो ।

गाउँपालिकाले यस अगाडि टिमुर खेती बिस्तारका लागी समेत किसान संग आवेदन माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?