भुवन भुसाल, गुल्मी । जिल्लाको रुरुक्षेत्र गाउँपालिकाका सिमान्तकृत बोटे माझी र बिपन्न परिवारलाई बाख्रा बितरण गरिएको छ । गाउँपालिकाको वडा नं ५ बोटेगाउँमा रहेका उनिहरुलाई माउ बाख्रा र विउ बोका बितरण गरिएको हो ।
रुरुक्षेत्र गाँउपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्रविधिक सहयोगमा नव प्रभात युवा संघ गुल्मी द्वारा संचालीत रुरु कृषि परियोजना अन्र्तगत बाख्रा बितरण गरिएको नवप्रभात युवा संघका कार्यकारी निर्देशक धातानन्द भुसालले बताउनु भयो । एक औपचारिक कार्यक्रमको आयोजना गरि सम्पन्न उक्त कार्यक्रममा मिलनसार महिला स्वावलम्वी समुहकी अध्यक्ष धनकला पाण्डेको अध्यक्षता र गाँउपालिकाका अध्यक्ष यदु ज्ञवालीको प्रमुख आतिथ्यता रहेको थियो । बोटे माझी लगायत अति विपन्न वर्गका महिलाहरुलाई लक्षित उनिहरुको आयआर्जन बृद्धि गर्ने उद्धेस्यले यो कार्यक्रम गरिएको अध्यक्ष ज्ञवालीले बताउनुभयो । ज्ञवालीले स्थानीयहरुको आर्थिक विकासको साथै सडक खानेपानी जस्ता समस्या समाधानको लागि गाँउपालिकाले भरपुर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै साझेदार संस्था हेफर प्रोजेक्ट नेपाल र नव प्रभात युवा संघले पनि यो वस्तिको आर्थिक तथा सामाजिक विकासमा विशेष ध्यानदिन आग्रह गर्नुभयो ।
कार्यक्रममा हेफर प्रोजेक्ट नेपालका कार्यक्रम अधिकृत डा. लेखनाथ अधिकारीले बाखापालन व्यवसायलाई आयआर्जनको मुख्यश्रोत बनाउने प्रयास गर्न स्थानीय महिलाहरुलाई सुझाब दिदै बाख्रा पालनको लागि आवस्यक पर्ने प्राविधिक ज्ञानका साथै महिलाहरुको नेतृत्व विकासको बारेमा जानकारी गराउनु भएको थियो । साझेदार संस्था नव प्रभात युवा संघका कार्यकारी निर्देशक धातानन्द भुसालले रुरु कृर्षि परियोजना मार्फत स्थानीयहरुको जीवनस्तर माथि उठाउन आफ्नो क्षेत्रबाट सधै लागिपर्ने प्रतिवद्धता व्यक्त गर्दै प्राप्त बाख्रा आयआर्जन हुनेगरि पालन गर्न सुझाउनुभयो ।
कार्यक्रममा माझगाँउ महिला स्वावलम्बी समुहमा २० वटा बाखा र एउटा विउ बोका तथा मिलनसार महिला स्वावलम्बी समुहमा १७ बाखा र एउटा विउ वोका वितरण गरिएको हो । कार्यक्रममा वडा सदस्यहरु राजकुमार श्रेष्ठ र सिद्धिनाथ श्रेष्ठ, रुरुक्षेत्र गाँउपालिकाका पशु विकास अधिकृत अमित ज्ञवाली, हेफर प्रोजेट नेपालका कार्यक्रम अधिकृत पारस वि.क, रुरुक्षेत्र गाँउपालिकाका पशु प्राविधिक प्रेम वुढा, रुरु कृषि परियोजनाका परियोजना संयोजक प्रकाश चालिसे, लेखापाल प्रकाश पौडेल, प्राविधिक संयोजक शशि भुसाल, सामुदायिक सहजकर्ता सिता घिमिरे, आशा के.सी, शंकर पौडेल लगायतको उपस्थिति रहेको थियो ।