
भुवन भुसाल, गुल्मी । चन्द्रकोट गाउँपालिका गुल्मीले आगामी आर्थिक वर्षका लागी ५० करोड बढिको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको १५ औं गाउँसभाको दोश्रो बैठकमा पालिका उपाध्यक्ष बिष्णु भण्डारीले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागी चालु खर्च तर्फ ३१ करोड ४१ लाख ७८ हजार ३ सय ९४ रुपैंया (६२.४१ प्रतिशत) तथा पुँजीगत तर्फ १८ करोड ९२ लाख ३१ हजार ९ सय ४७ रुपैंया (३७.५९ प्रतिशत ) गरि कुल ५० करोड ३४ लाख १० हजार ३ सय ४२ रुपैंयाको बजेट पेश गर्नुभएको हो ।
आधिवेशनको पहिलो बैठकमा पालिका अध्यक्ष युवराज खत्री क्षेत्रीले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । सभाको पहिलो बैठकमा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुले अधिवेशन सफलताको शुभकामना राख्नुभएको थियो । पहिलो बैठकमा निति तथा कार्यक्रम प्रस्तुत छलफल र पारित गरेपछि बसेको दोश्रो बैठकमा उपाध्यक्ष भण्डारीले बजेट प्रस्तुत गर्नुभएको हो ।
गाउँसभाको चालु अधिवेशनको अर्को बैठक असार १६ गते बिहान ११ बजे बस्ने छ ।