
भुवन भुसाल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाको आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । गाउँसभाको १८ औं बैठकमा पालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले पेश गर्नुभएको वजेट छलफल पछि सर्वसहमतीमा पारित भएको हो ।
छलफलमा सभा सदस्य केशवराज कंडेलले सिंचाईका लागी वृहत योजना ल्याउन सुझाव दिनुभयो । वहाँले जुवातास नियन्त्रणका कुरा निति तथा कार्यक्रममा गरिएपनी बजेटको व्यवस्था नगरिएको बताउनुभएको थियो । वहाँले १५ शैयाको अस्पताल निर्माण गर्न स्थानियले दिएको जग्गाको उचित सदुपयोग नभएको बताउदै पालिकाको सम्पत्तीको रुपमा सदुपयोग गर्न सुझाब दिनुभयो । सभा सदस्य शेर बहादुर राकषकोटीले २० ३० हजारका साना आयोजना सम्पन्न गर्दा समिति गठन, आउजाउ गर्दै सकिने भएकाले के काम हुने हुन भन्ने प्रश्न गर्नुभयो । वहाँहरु बाहेक केहि सदस्यले लिखित सुझाब दिएपनी अन्य कुनै सदस्यले बजेटमा टिप्पणी गरेनन् ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१।०८२ का लागी सार्वजनिक गरेको चालु तर्फ ३६ करोड ९९ लाख ६२ हजार २३ रुपैंया र पुँजिगत तर्फ १८ करोड ३७ लाख २५ हजार रुपैंया गरि कुल ५५ करोड ३६ लाख ८७ हजार ५ सय २३ रुपैयाँको बजेट सर्वसहमतिमा पारित भएको हो ।