झरना कंडेल, गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट आज सार्वजनिक गर्दै छ । गाउँसभाको जारी १८ औं अधिवेशनमा आज गाउँपालिका उपाध्यक्ष साबित्रा ज्ञवालीले बजेट प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।
आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट प्रस्तुत गर्न बिहान ११ बजे गाउँसभाको बैठक आव्हान गरिएको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले बताउनुभयो । स्वास्थ्य र शिक्षालाई प्राथामिकतामा राखेर निति तथा कार्यक्रम सार्वजनिक गरेको छत्रकोटले सोहि अनुसारको बजेट सार्वजनिक गर्ने अनुमान गरिएको छ । स्थानिय तहले बजेट सार्वजनिक गर्ने आज अन्तिम मिति हो ।