छत्रकोटको निति तथा कार्यक्रम, एक शिक्षक एक ल्यापटप कार्यक्रम लागु हुने

छत्रकोट गाउँपालिकाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रममा शिक्षा क्षेत्र सुधारमा जोड दिएको छ । आज निति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले आगामी आर्थिक वर्ष शिक्षालाई प्रविधिमैत्री बनाउन एक शिक्षक एक ल्यापटप कार्यक्रम सञ्चालन गरिने बताउनुभएको हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा उत्कृष्ट अंक ल्याउने बिद्यालयका प्रअ, बिषयगत शिक्षक र बिध्यार्थी सम्मान कार्यक्रम संचालन गर्ने समेत बताउनुभयो । कक्षा ११ र १२ गाउँपालिकाको माध्यमिक बिद्यालय पढेको बिद्यार्थीलाई उच्च शिक्षा दिगाममा रहेको क्याम्पस अध्यय्न गरेमा पहिलो शैक्षिक सत्रमा पुर्ण छात्रवृत्ति उपलव्ध गराउने भएको छ । छत्रकोट गाउँपालिकाको सभाहलमा अहिले अध्यक्ष पाण्डेयले आगामी आर्थिक वर्ष २०८१।०८२ को निति तथा कार्यक्रम प्रस्तुत गरिरहनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?