छत्रकोटले आज आगामी आर्थिक बर्षको निति तथा कार्यक्रम सार्वजनिक गर्ने

भुवन भुसाल, गुल्मी । छत्रकोट गाउँपालिका गुल्मीले आज आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । पालिका अध्यक्ष राम प्रसाद पाण्डेयले गाउँसभाको १८ औं अधिवेशनको प्रथम बैठक आहन गर्नुभएको प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले जानकारी दिनुभयो ।

आज बिहान ११ बजेका लागी बोलाईएको बैठकमा पालिका अध्यक्ष पाण्डेयले निति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसुचि रहेको छ । बैठक गाउँपालिकाको सभाहलमा बस्ने छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?