भुवन भुसाल गुल्मी । गुल्मीको रुरुक्षेत्र गाउँपालिकाले टोल बिकास संस्था मार्फत ३ सय ५८ वटा वर पिपल रोप्ने काम सुरुगरेको छ । चालु आर्थिक वर्षको निति तथा कार्यक्रममा १ हजार ८ धार्मिक बृक्ष र १ सय ८ रिचार्ज पोखरी खन्ने ५ बर्षे योजना सार्वजनिक गरेको रुरुक्षेत्रले सोहि कार्यक्रम कार्यान्वयन गर्न काम गरिरहेको अध्यक्ष यदु ज्ञवालीले बताउनुभयो ।
गत बर्खाको समयमा नै स्थानिय र बिभिन्न संघसस्थाको सहयोगमा पालिकाभर धार्मिक बिरुवा रोप्न सुरु गरेको हो । गाउँपालिकाले यहिँ आर्थिक बर्षमा वडा नं १ मा एक सय ८ र अन्य वडामा ५० वटाका दरले वर पिपल रोपेर पालिकामा जानकारी दिन सुचना जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण पाण्डेले जानकारी दिनुभयो ।
धार्मिक हिसाबले महत्वपुर्ण साथै पर्यावरण जोगाउन पनि उत्तिकै महत्वपुर्ण मानिने वर र पिपलका बोट हाल बिकाश निर्माणका काम गर्दा मासिदै गएका छन् । बाटो हिड्ने बटुवालाई सितल दिन र जंगलमा बांदर लगायत चराचुरुङ्गीको आहाराको रुपमा पनि वर पिपलले सघाउ पुर्याउँछन् तसर्थ सबैलाई यस्ता बोटको वृक्षारोपण र संरक्षण गर्न पालिकाले आग्रह गरेको अधिकृत पाण्डेले बताउनुभयो ।