
काठमाण्डौ महानगर प्रमुख बालेन शाहले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन चेतावनी दिनुभएको छ । आफु स्वतन्त्र जितेपनी नगर कार्यपालिका सदस्य बिभिन्न दलबाट निर्वाचित भएको र उनिहरुले दलका एजेण्डा नगरसभामा ल्याउँदा अरु सदस्यले बोल्न नपाएको वहाँको तर्क छ ।
सामाजिक संजाल फेसबुकमा एउटा स्टाटस राख्दै मेयर शाहले ३ नेताले गर्द १ सय ६० जना जनप्रतिनिधिको बोल्ने अधिकारको हनन् भएको बताउनु भएको छ । वहाँले नगरसभामा कोहि पनि पार्टिको नेता र उपनेताको रुपमा नरहने पनि बताउनुभएको छ ।
मेयर शाह लेख्नुहुन्छ “३ जना नेताले गर्दा ,१६० जना जनप्रतिनिधीको बोल्ने अधिकार हनन भयो ।