मेयर पन्थीको कृयाशिलता, तम्घासको चिदिचौर रातीमा समेत खेल खेल्न मिल्ने बन्दै

भुवन भुसाल, गुल्मी । गुल्मी जिल्ला सदरमुकाम तम्घासमा रहेको चिदिचौर अब रातीको समयमा समेत खेल खेल्न मिल्ने गरि बिकाश हुने भएको छ । जिल्ला सदरमुकामको मुटुमा रहेको चौरको बिकाशमा नगरपालिकाले अनेकन काम गरिरहेको छ । हालैमात्र सो खेलमैदान स्तरउन्नती र सौन्दर्यकरणका लागी केन्द्र सरकार बाट एक करोड बजेट बिनियोजन भएसंगै नगरपालिकाले यसमा थप काम गर्ने भएको हो ।

रेसुंङ्गा नगरपालिका गुल्मीका मेयर खिलध्वज पन्थीको कृयाशिलतामा नगरपालिकाले गौरबको आयोजना अन्तर्गत यो खेल मैदानको बिकाश गर्ने काम गरिरहेको छ । बिनियोजित रकमबाट खेल मैदानमा हाईमास लाईट जडान, अन्य भौतिक बिकाश र सौन्दर्यकरणको काम हुने मेयर पन्थीले बताउनु भयो । यो काम पुरा भएसंगै खेल मैदानको बिकाश त हुने नै छ, संगै तम्घासको शौन्दर्यतामा थप बल त पुग्ने छ मेयर पन्थीले भन्नुभयो ।

यसबारे जानकारी सामाजिक सञ्जाल फेसबुकमा मेयर पन्थी लेख्नुहुन्छ “जिल्लाकै गौरवको रूपमा रहेको चिदिचौर खेल मैदानको स्तर उन्नति र सौन्दर्यकरण लागि एक करोड बजेट सुनिश्चित भएको छ । एक पछि अर्को हामी हाम्रा चुनावी प्रतिबद्धता पूरा गर्दै छौँ । हिजो चुनाव ताका समग्र युवाहरुको मागलाई सम्बोधन गर्ने उद्देश्य र जिल्लाकै गौरवको रूपमा रहेको रेसुङ्गा नगरपालिकाको चिदिचौर खेल मैदानलाई आ. व. २०८१/०८२ को लागि एक करोड बराबरको बजेट विनियोजन गरि श्रोत सुनिश्चितता गर्न सफल भएका छौं । यस् बजेट मार्फत चिदिचौर खेल मैदानको भौतिक विकास / स्तर उन्नति र सौदर्यकरणको काम गरि आकर्षक खेल मैदानको रुपमा विकसित गरिनेछ । हाइ मास लाइट जडान कार्य यस् आ.व. मै सम्पन्न हुने चरणमा छ, जसले रात्रीकालिन खेलकुद लगायतका कार्यक्रम गर्न सहजता प्रदान गर्नेछ । खेलप्रेमि आम युवाहरुको इच्छा अब केहि समयमै पूरा हुँदै गर्दा हामीलाई अत्यन्तै खुसी लागेको छ । बधाई छ! गुल्मेली खेलप्रेमी आम युवाहरुलाई ।” “समुन्नत रेसुङ्गा हाम्रो सान, उत्कृष्ट नगर सबैको पहिचान !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?