“सामुदायिक बिद्यालयमा स्कुल बस र अशक्तका लागी छुट्टै निशुल्क अस्पतालको व्यवस्था गरियोस” : चन्द्र भण्डारी

भुवन भुसाल, गुल्मी । प्रतिनिधी सभा सदस्य डा. चन्द्र भण्डारीले हाल बिद्यालय मर्ज गरेका कारण घर नजिकैको बिध्यालय टाढा पुगेकाले बिध्यार्थीलाई समस्या परेको बताउनुभएको छ । प्रतिनिधी सभाको आजको बैठकलाई संबोधन गर्दै वहाँले समस्यामा परेका बिध्यार्थीलाई यातायातको व्यवस्था गर्न माग गर्नुभएको छ ।

मैले नेपालको चित्र हेरिरहेको छु भन्दै बोल्न सुरु गर्नुभएका वहाँले क्षमतावान युवा आजको अवस्थामा नेपाल बस्न नचाहेको, गरिब र अशक्तले उपचार समेत गर्न नपाएको आजको नेपालको वास्तविक अवस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ । वहाँले अशक्त र बिपन्न नागरिकाका लागी छुट्टै अस्पताल निर्माण गरेर भएपनी निशुल्क र गुणस्तरिय सेवा दिने व्यवस्था गर्न सरकार संग माग गर्नुभयो ।

देशको बिग्रदो अवस्थाका बिच नेताहरु भने नागरिकका भन्दा सत्ताको बिषयमा धेरै लागेकाले प्रतिनिधी सभामा जनताका समस्याका बिषयमा मात्र केन्द्रित भएर छलफल गर्न वहाँले आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?