शाईन रेसुङ्गा बैकले छत्रकोटमा गर्यो बित्तिय साक्षरता कार्यक्रम

भुवन भुसाल, गुल्मी । शाईन रेसुङ्गा बैंकले छत्रकोट गाउँपालिकामा बित्तिय शाक्षरता कार्यक्रम गरेको छ । पालिकाका आम नागरिकलाई बित्तिय संस्थाबाट पाउने सेवा, त्यसको प्रकृया, त्यसबाट हुने लाभ र भबिष्यमा हुने जोखिम न्युनिकरणका लागी गर्नुपर्ने कामका बारेमा एक दिने कार्यक्रम सम्पन्न गरिएको हो ।

गाउँपालिकाको वडा नं ६ दौंघामा सम्पन्न कार्यक्रममा त्यहाँका नागरिकको बाक्लो सहभागिता रहेको थियो । बैकका अपर क्लस्टर प्रमुख कृष्णहरी भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष नारायण रेश्मी प्रमुख अतिथी हुनुहुन्थ्यो । कार्यक्रममा पुर्व वडा अध्यक्ष थम्मन बहादुर ज्ञवाली, वडा सदस्यहरु मिलन पछाई, धर्मराज ढकाल, कमला ज्ञवाली, संगिता ज्ञवाली, वडा सचिब कमल लम्साल, दौंघा स्वास्थ्य चौकी प्रमुख ठाकुर प्रसाद ज्ञवाली, नेपाल राष्ट्रिय माबिका प्रतिनिधी लक्ष्मण ज्ञवाली, स्थानिय समाजसेवी गोपाल बहादुर बुचा, प्राबिधिक सुमन्त कुमार राय, मनोज पाण्डे लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन एवं प्रशिक्षण बैकका खर्ज्याङ्ग शाखा प्रमुख बिष्णु बि.के. ले गर्नुभएको थियो ।

कार्यक्रममा सहभागीले बैंकिङ्ग कर्जा, बैंकले दिने अन्य सेवा लगायतका बिषयमा जिज्ञासा राखेका थिए भने बैकको तर्फबाट बैकका अपर क्लस्टर प्रमुख कृष्णहरी भण्डारी र शाखा प्रमुख बिष्णु बि.के. ले जिज्ञासाको जवाफ दिनुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?