अस्ट्रेलियाको डार्बिनमा नेपाल फेस्टिवल हुदै, नेपाल भित्रको नेपाल देख्न पाईने

 

भुवन भुसाल, गुल्मी । अस्ट्रेलियाको डार्बिनमा नेपाल फेस्टिवल आयोजना गरिएको छ । यहिँ जुन १ तारिखमा आयोजना गरिएको कार्यक्रम मार्फत नेपालमा पर्यटक आकर्षित गर्ने लक्ष्य रहेको एनआरएनए अस्ट्रेलियाका उपाध्यक्ष संजिव ढकालले जानकारी दिनुभयो ।

नेपालमा रहेका बिष्व चर्चित मठ मन्दिर, हिमाल, ताल तलैया, नेपालका अनेक जातजाती र ठाउँ बिशेषका भेषभुषा, चालचलन, पर्व र झाँकी, बाजा र नाच लगायतको प्रदर्शन गरि कार्यक्रममा आउने बिभिन्न देशका दर्शकलाई नेपाल घुम्न लालायित पार्ने आयोजकले बताएको छ । कार्यक्रममा सांस्कृतिक रौनकता थप्न युवापुस्ता माझ चर्चित नेपाली गायिकाहरु अस्मीता अधिकारी र एलिना चौहानको प्रस्तुती रहने छ भने त्यहाँ रहेका बिभिन्न सांस्कृतिक व्याण्डहरुले समेत आफ्नो प्रस्तुती राख्ने ढकालले बताउनुभयो ।

 

“लामो समय घरदेश जान नपाएका नेपालीको घरको न्यास्रो त कार्यक्रमले मेट्ने नै छ संगैमा नेपाल सुनेका तर नदेखेका बिदेशी पर्यटकलाई सानो नेपालको झल्को देखाएर एक पटक जिवनमा नेपाल पुगौपुगौ लाग्ने बनाउने हाम्रो लक्ष्य हो । यो कार्यक्रम मार्फत नेपालको पर्यटन प्रवद्र्धन गर्न केहिहद सम्म भएपनी सघाउ पुग्ने छ ।” देशदर्शन संग कुरा गर्दै उपाध्यक्ष ढकालले भन्नुभयो ।

एनआरएनए नर्दन टेरेटोरीले आयोजना गर्न लागेको नेपाल फेस्टिवललाई त्यहाँको राज्य सरकारले पनि महत्वका साथ हेरेको छ । महोत्सब सफल बनाउन नर्दन टेरेटोरी सरकारले २ लाख १० हजार ८ सय ९ अस्ट्रेलियन डलर अनुदान स्वरुप सहयोग गरेर कार्यक्रममा ऐक्यवद्धता जनाएको छ ।

डार्बिनको वाटर फन्टमा जुन १ तारिक शनिवार दिउसो ३ बजेदेखी राती १० बजेसम्म संचालन हुने कार्यक्रमको १० हजार बढि दर्शकले अवलोकन गर्ने आयोजकको दाबी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?