छत्रकोटमा बिद्यार्थीको महोत्सव, “छैठौं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता” सुरु

भुवन भुसाल, गुल्मी ।
सधै कक्षा कोठामा व्यस्त हुने छत्रकोटका बिद्यार्थी र शिक्षक आज गाउँपालिकाको भेंडुवा खेल मैदानमा भेला भए । गाउँपालिकाको वडा नं ३ बुढाचौर खेल मैदानमा जम्मा भएका जनप्रतिनिधि, दलका नेता, शिक्षा र खेल प्रेमी, शिक्षक अभिभावक र बिद्यार्थी मनोरञ्जनात्मक कार्यक्रममा रमाए । लाग्थ्यो यो बिद्यार्थीको महोत्सव हो ।

 

कार्यक्रम थियो छत्रकोट गाउँपालिकाको राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता । गुल्मीको छत्रकोट गाउँपालिकामा छैठौं राष्ट्रपती रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको हो । गाउँपालिकाको खेल मैदानमा आज देखि प्रतियोगिता सुरु गरिएको छ । गाउँपालिका भित्रका अन्तर विधालय स्थानिय तह स्तरीय विभिन्न खेलकुद प्रतियोगिताहरु आजदेखी सुरु भएका छन । उदघाटन सत्रमा बोल्दै छत्रकोट गाउँपालिका अध्यक्ष राम प्रसाद पाण्डेयले बिद्यार्थीको सर्वाङ्गिण बिकाशको लागि खेल महत्वपूर्ण हुने बताउनुभयो । अध्यक्ष पाण्डेयले यहाँ बाट उत्पादन हुने खेलाडिले जिल्ला, प्रदेश र केन्द्रिय खेलहरु जित्न सकुन भन्ने शुभकामना व्यक्त गर्नुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीर बहादुर पुनले केवल कितावी ज्ञानले कहि नपुगिने भएकाले अतिरिक्त क्रियाकलापमा पनि बिद्यार्थीले जोड दिनुपर्ने बताउनुभयो । उहाँले खेलको माध्यम बाट व्यक्तीको क्षमता प्रस्फुटन गराउँदै राष्ट्रकै नाम राख्न मद्धत पुग्ने समेत बताउनुभयो । शिक्षा शाखा प्रमुख टिकाराम आचार्यले बिद्यार्थीको सर्वाङ्गिण बिकाशका लागि केन्द्रिय कार्यक्रम अन्तरगत यो प्रतियोगिता आयोजना गरिएको र प्रतियोगिता २५ गते सम्म चल्ने बताउनुभयो । पालिका भित्रका बिधालयका बिद्यार्थीका बीच २६ वटा खेलमा प्रतिस्पर्धा हुने समेत उहाँले बताउनुभयो ।

 

गाउँपालिकाकी उपाध्यक्ष साबित्रा ज्ञवाली, पुर्व उपाध्यक्ष नर्मदा भण्डारी, शिक्षा युवा खेलकुद बिकास समिती संयोजक एवम् वडा नं ४ का वडा अध्यक्ष गुणाखर ज्ञवाली ,झेर्दी निमाविका प्रधानाध्यापक पदमपाणि न्यौपाने लगायतले बोल्दै खेलकुद बिकास हुनु पर्ने र पालिकाले गर्ने यस्ता कार्यक्रमले खेलको बिकाशमा सघाउ पुर्याउने भन्दै प्रतियोगी बिद्यार्थीलाई सफलताको शुभकामना दिनुभयो ।

 

अन्तर बिधालयका बीचमा भईरहेका भलिवल लगायतका खेल, मार्च पास, गित र नाटक, एवम् उनिहरुका आन्तरिक प्रतिभा प्रस्तुतीका बिभिद कार्यक्रमले कार्यक्रम स्थलको रौनक नै बढाईरहेको छ । कार्यक्रमले बिद्यार्थीलाई खेलकुद तर्फ आकर्षित त गरेको छ नै संगैमा खेल खेलेर के हुन्छ र भन्ने अभिभावकहरुलाई समेत कितावी ज्ञान संगै खेल पनि आवस्यक रहेछ भन्ने ज्ञान समेत प्रदान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?