गरिबीले डेढ बर्षदेखि मृगौलाको रोग च्याप्दै बिस्तारामा तम्घासकी पुतलीदेवि

टोपलाल अर्याल,गुल्मी । बिमारले बिस्तारा छोड्न मिल्दैन । उनको आशले त छोड्यो । तर, रोगले छोड्दैन । रोगले सुन्निएको शरिरमा नदुख्ने ठाउँ छैन । दुवै मृगौला फेल भएकी रेसुंगा नगपालिका–८ की ५८ बर्षीया पुतलीदेवि थापा बिस्तारै गल्दै र ढल्दै गएकी छन् । निरोगी हुँदा दुई घण्टाको बाटो हिडेर रेसुंगाको घाँसपात गरेकी थापालाई अचेल बिस्तारा छोडेर जमिन टेक्न मुस्किल परिरहेको छ ।

 

अनुहारमा कुनै आशा छैन् । किनकी जीवन रोगको पासा परिरहेको छ । ‘रोगले भोक छैन । पीडा शोक थप्यो,’पीडित थापाले भनिन,‘गरिबीले अस्पताल र आफन्त टाढा बनाउँदो रहेछ ।’ श्रीमान भिम बहादुर थापाले पनि केहि बर्षपहिले ज्यान गुमाए । पुतलीदेविलाई पनि मुटुको समस्याले छोयो । बुटवल पुगेर औषधीउपचार र फ्लोअप गर्थिन् । त्यतिकैमा दुवै मृगौला फेला भए । तर, आर्थिक अभावको कारण डेढ बर्षसम्म उपचारको लागि आगन छोड्न सनिनन् ।

 

छोरा भुवन थापाले लामो समय मृगौला फेल भएको बारेमा आफुलाई जानकारी नगराएका कारण समस्या धेरै बल्झिएको बताए । ज्यालामजदुरी गरिरहेका भुवनको पनि अहिले काम छैन् । उनले मजदुरी गरेर बिहान–साँझको हातमुख जोडने उपाय नभएकाले लाखौ रुपैयाँ जुटाएर अस्पताल पुराउन नसकिएको बताए । ‘मैले र बहिनीले केहि पैसा जोहो गरेर मुटुको उपचार गरिरहेका बेला मृगौलाको समस्या थपियो । खानेकी आमामो उपचार गर्ने निकै गाह्रो प¥यो,’उनले भने,‘अस्पतालले डाइलोसिस गर्न भनेपनि लैजान सकिएन ।’ सम्पतीको नाममा थापामगरको सडकले छोडेको सानो जग्गा र घर छ । सहयोगको लागि पीडित पुतलीदेविकी छोरी सुशिला थापाको साइन रेसुंगा विकास बैकको खाता नं ००८११८००३५९६७२०००००१ र ९८६७८३३९९३ मा सम्पर्क गर्न परिवारले आग्रह गरेको छ ।

 

देउँसीभैलोबाट उठेको रकम सहयोग

अहिले पनि शहरका गल्ली र चोकमा देउँसी र भैलो भइरहेका छन् । देउँसी भैलो खेल्लने अधिकांशले संकलन भएको पैसा पिकनीक र मोजमस्तीमा सक्छन् । तर, गुल्मीको हाम्रो रेसुंगा समाजले देउँसी र भैलो खेलेर संकलन गरेको रकम मृगौला पीडित ५८ बर्षीया पुतलीदेवि थापालाई प्रदान गरेका छन् ।
समाजले गाउँमा भैलो खेलेर गाउँकै मृगौला पीडितलाई सहयोग गरेपछि प्रसंसा कमाइरहेका छन् । समाजले ५ मंसिरमा खानीगाउँमा खेलेको देउँसीभैलोबाट खेलेर संकलन भएको २० हजार रुपैयाँ छोरा भुवन थापालाई प्रदान गरिएको समाजका अध्यक्ष सरिश्मा नेपालीले जानकारी दिइन् । समाजका दुखी गरिवका स्वास्थ्य समस्यामा सहजीकरण गर्ने उदेश्यले ०७९ सालमा स्थापना भएको समाजले विभिन्न समाजिक काम गर्दै आएको नेपालीले बताइन् ।

सहयोग रकम रेसुंगा नगरपालिका ८ का वडाध्यक्ष निरञ्चन थापा मार्फत पीडित परिवारलाई बुझाइएको हो । सहयोग रकम पीडित परिवारलाई प्रदान गर्दै अध्यक्ष थापाले समाज देखाएको सामुदायीक भावनाले बिरामी गरिव बिपन्न परिवारलाई ठुलो सहयोग पुगेको बताए । उनले आगामी दिनमा समेत समाज र वडा कार्यालयबिच थुप्रै रचनात्मक काममा सहजीकरण गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?