रुरु एफ एम ९४.८ मेगाहर्ज आजबाट १६औँ वर्षमा

गुल्मी ।  रुरु एफ एम ९४.८ मेगाहर्जले आफ्नो सञ्चार यात्राको १५ वर्ष पुरा गरेको छ । रुरु मल्टिमिडिया प्रा.लि द्वारा संचालित उक्त एफ एम भाषा कला र संस्कृतिको प्रचार ,गाउँ गाउँमा सूचना र सञ्चार भन्ने नाराका साथ २०६५ सालको लक्ष्मी पुजाको दिनबाट प्रसारण शुरु गरिएको थियो ।
यो एफ एमले, दैनिक १८ घण्टा विभिन्न समाचारमूलक ,शिक्षामूलक, जनचेतनामूलक र विभिन्न साङ्गतिक कार्यक्रमहरू प्रसारण र सञ्चालन गर्दै आएको छ ।
आफ्नो १६ औं वर्ष प्रवेशको अवसरमा रेडियो सञ्चालन समितिका अध्यक्ष एवम् रेडियोका व्यवस्थापक युगराज बस्यालले एफएम मार्फत दूर दराजमा रहेका श्रोताहरुको बिचमा पुग्ने र आवाज विहिन हरुको आवाजलाई अझै बुलन्द बनाउने उद्देश्यका साथ अघी बढिरहेकोे बताए ।
त्यस्तै उनले सम्पुर्ण श्रोता,विज्ञापनदाता,शुभचिन्तक,पत्रकार लगायत सम्पुर्णलाई साथ र सहयोगको लागी धन्यवाद ज्ञापन गर्दै, आगामी यात्रामा पनि साथ र सहयोगको अपेक्षा गरेको बताए  ।
 ५०० वाट क्षमता भएको उक्त  एफएम गुल्मी जिल्ला सँगै छिमेकी जिल्ला सहित करिब २० भन्दा धेरै जिल्लाहरुमा सुन्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?